इतिहाँसकै महत्वपूर्ण क्षणमा लिभरपुल, यी ६ खेलले लगाउनेछ टुंगो ! कुन-कुन ? [सूची]

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल यति बेला इतिहाँसकै महत्वपूर्ण अवस्थामा छ। सिजनको अन्तिम महिना चलिरहँदा लिभरपुल अझै तीन उपाधिका लागि प्रतिष्पर्धा गरिरहेको छ। मंगलबार राति मात्रै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुग्यो।

लिभरपुल यस अगाडी नै एफए कपको फाइनलमा पुगिसकेको छ। यस्तै लिभरपुल अहिले प्रिमियर लिगको उपाधि होडमा पनि रहेको छ। च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप गरी तीनै प्रतियोगिताको विजेता यहि महिना टुंगो लाग्नेछ।

सन् २०२१-२२ सिजनको अन्तिम महिना रहेको मेमा लिभरपुलले अब कुल ६ खेल खेल्नेछ। त्यसमध्ये ४ खेल प्रिमियर लिग अन्तर्गत हुनेछन् भने बाँकी दुई खेलमा च्याम्पियन्स लिग र एफए कप फाइनल हुनेछन्।

मंगलबार मात्रै भिल्लारियल विरुद्ध खेलेको लिभरपुलले आउने मे ८ मा टोटेनह्यामको सामना गर्नेछ। घरेलु मैदान एनफिल्डमा हुने सो खेलमा लिभरपुल जित्नै पर्ने दबावमा हुनेछ। प्रिमियर लिग दौडमा अन्त्य सम्म रहिरहन सो खेल लिभरपुलका लागि अत्यन्त महत्वपूर्ण हुनेछ। त्यसको केहि दिन बित्न नपाउँदै मे ११ मा एस्टन भिल्लासँग लिभरपुल आमने-सामने हुनेछ। त्यस्तै सो साता मे १४ शनिबार लिभरपुलले एफए कप उपाधिका लागि चेल्सीसँग खेल्नेछ।

चेल्सीको सामना गरिसकेपछि २ साताको अन्तरालमा लिभरपुलले ३ खेल खेल्नेछ। मे १८ मा लिभरपुलको सामना हुनेछ साउथह्यामटनसँग। लिभरपुलले मे २२ मा प्रिमियर लिगको अन्तिम खेलमा वुल्भ्सको सामना गर्नेछ। त्यस्तै त्यसको एक सातामा मे २९ मा लिभरपुलले च्याम्पियन्स लिगको फाइनल खेल्ने।

लिभरपुलले यस अगाडी नै इङ्लिस लिग कप(काराबाओ कप) जितिसकेको छ। बाँकी रहेका ६ मध्ये सबै खेल जितेको खण्डमा लिभरपुलले निकै नै दुर्लभ र महत्वपूर्ण रेकर्ड बनाउनेछ।

प्रकाशित : बुधबार, बैशाख २१, २०७९१२:५६

नेयमार माथि कडा प्रहार – ‘नेयमार फुटबलर रहेनन्, मुनाफाखोर भइसके’