सिटीलाई धुलो चटाएका रोड्रिगो भन्छन्-“फाइनलमा पनि गोल गर्छु, बाजी राख्ने ?”

रियल म्याड्रिडका स्टार रोड्रिगो गोजले बुधवार म्यानचेस्टर सिटीसँग युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा ह्याट्रिक गर्नका लागि आफ्नो बुबासँग राखेको रोचक शर्त बारे खुलासा गरेका छन्।

ब्राजिलका फरवार्डले सेमिफाइनलको भिडन्तमा सिटी विरुद्ध महत्वपूर्ण दुई गोल गरे। खेलको ९० औं र ९१ औं मिनेटमा रोड्रिगोले गोल गर्दै अतिरिक्त समयमा धकेलेका थिए जुन खेलमा रियाद महरेजले गोल गर्दै सिटीलाई १-० र समग्रमा २ गोलको अग्रता दिलाएका थिए। त्यसपछि अतिरिक्त समयमा करिम बेन्जेमाले गोल गर्दै लस ब्लान्कोसलाई पाँच वर्षमा तेस्रो पटक युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुर्याए।

म्याड्रिडले फाइनलमा लिभरपुलसँग खेल्नेछ, जुन खेल २०१८ को फाइनलको रिम्याच हुनेछ जहाँ लस ब्लान्कोसले लिभरपुललाई ३-१ ले पराजित गर्दै लगातार ३ पटक च्याम्पियन्स लिग उपाधि उचालेको थियो। चाखलाग्दो कुरा के छ भने, रेड्सले पनि पाँच वर्षमा तेस्रो फाइनल खेल्नेछ। खेलपछि रोड्रिगोले आफ्नो बुबासँग गरेको बाजीलाई प्रकाशमा ल्याएका छन्, जुन उनले हारे, तर उनले मे २८ मा पेरिसमा हुने फाइनलमा आफ्नो धारणा राखेको छन्।

रियल म्याड्रिडका युवाले भने (ESPN मार्फत): “मैले मेरो बुबासँग तीन गोल गर्ने शर्त राखेको थिएँ र, मैले दुई मात्रै गोल गरेँ। म एउटा गोल गर्नबाट छुटेको छु, म त्यो फाइनलमा गर्नेछु।”

प्रकाशित : बिहिबार, बैशाख २२, २०७९१७:२८

रियलका समर्थक रहेछन् सिटीका ग्रेलिस, आठ वर्ष अगाडी गरेको ट्वीट अहिले भाइरल !