रियलका समर्थक रहेछन् सिटीका ग्रेलिस, आठ वर्ष अगाडी गरेको ट्वीट अहिले भाइरल !

एजेन्सी – बुधबार राति च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी आमने-सामने हुँदा ज्याक ग्रेलिसले ७८ मिनेटमा मैदान प्रवेश गर्ने अवसर पाए। प्रशिक्षक पेप गार्डिओलाले ग्रेलिसलाई ग्याब्रियल जेससको स्थानमा पठाएका थिए।

रियल विरुद्ध ग्रेलिसले केहि समय ठिकै प्रदर्शन गरे। उनले रियलको पोस्टमा केहि प्रहार समेत गरे। ग्रेलिसका लागि पहिलो गोल गर्ने अवसरमा फेर्ल्यान्ड मेन्डी बाधक बने। ग्रेलिसले गरेको प्रहारले गोल लाइन छुनु भन्दा अगाडी नै मेन्डीले क्लियर गरेका थिए। त्यसको केहि समय नबित्दै उनको अर्को प्रहार पनि खेर गयो। उनको प्रहारलाई रियलका गोलरक्षक थिबाउट कोर्टोइसले बचाएका थिए।

ग्रेलिसका प्रहार निस्तेज भइरहँदा ९०औं मिनेटमा रोड्रिगोले कमाल गरे। उनले दुई मिनेटको अन्तरमा दुई गोल गरे। रोड्रिगोका कारण धरासायी बनेको सिटीको च्याम्पियन्स लिग खेल्ने सपना त्यति बेला चकनाचुर भयो, जब अतिरिक्त समयको पाँचौ मिनेटमा कप्तान बेन्जेमाले पेनाल्टीमा गोल गरे।

रियलसँग पराजित हुँदै सिटी च्याम्पियन्स लिगबाट बाहिरिएपछि ग्रेलिसले कयौं वर्ष अगाडी गरेको एक ट्वीट भाइरल भएको छ। सन् २०१४ मा रियलको समर्थनमा उनले गरेको ट्वीट अहिले आएर भाइरल भएको हो।

सन् २०१४ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा पेप गार्डियोलाको बायर्न म्युनिख र कार्लो एन्सेलोटीको रियल म्याड्रिड आमने-सामने हुँदा ग्रेलिसले रियलको समर्थनमा ‘हाला म्याड्रिड’ भन्दै ट्वीट गरेका थिए।

प्रकाशित : बिहिबार, बैशाख २२, २०७९१९:२३

लेस्टरलाई हराउँदै रोमा फाइनलमा