सुनौलो रंगको कछुवा बेच्ने यिनको प्लान चौपट, मूल्य सुन्दा अचम्म लाग्न सक्छ !

काठमाडौँ – सुनौलो रंगको कछुवा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। दुर्लभ वन्यजन्तु सुनौलो रंगको कछुवा सहित एक जनालाई चावहिलबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा किर्तिपुर स्थायी घर भई काठमाडौँको साँखु बस्दै आएका २३ वर्षिय आशिष थापा घर्ती रहेका छन्। प्रहरीले उनलाई चावहिल स्थित खोटाङ हलेसी गेष्ठ हाउसको चौथो तलाबाट नियन्त्रणमा लिएको हो।

चावहिल क्षेत्रमा दुर्लभ वन्यजन्तु खैरो रंगको कछुवाको अवैध रुपमा बिक्री हुँदैछ भन्ने गोप्य सूचनाका आधार घर्तीलाई पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार सो कछुवा २० लाख रुपैंयाँमा बिक्री हुन लागेको थियो। पक्राउ परेका घर्तीलाई आवश्यक कारबाहिको लागी जिल्ला बन कार्यालय हात्तिसार काठमाण्डौ पठाइएको छ।

प्रकाशित : बिहिबार, बैशाख २२, २०७९१९:१३

विवादमा आरजु राणा, करुवा-सरुवा-हरुवा पार्टीमा भोट नहाल्नु भन्दै दिइन् धम्की !