सन् २०१८ मा च्याम्पियन्स लिग सम्झिँदै रियल समर्थक, बेल फर्किने अनुमान !

एजेन्सी – च्याम्पियन्स लिगको फाइनलमा लालिगा च्याम्पियन रियल म्याड्रिडले लिभरपुलको सामना गर्दैछ। इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई सेमिफाइनलको दोस्रो लेगमा पराजित गरेको रियलले फाइनलमा अर्को इंग्लिस क्लब लिभरपुलको सामना गर्न लागेको हो।

च्याम्पियन्स लिगको फाइनल नजिकिँदै गर्दा रियलका समर्थकहरु उत्साहित छन्। यति बेला रियल समर्थक सन् २०१८ मा च्याम्पियन्स लिगको फाइनल सम्झिरहेका छन्। त्यसबेला वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनमा रियलले लिभरपुललाई पराजित गरेको थियो।

बेल एक्लैले त्यसबेला दुई गोल गरेका थिए। खेल बराबरी तर्फ अगाडी बढिरहेका बेला बेलले महत्वपूर्ण दुई गोल गरेका थिए। बेलक ती दुई गोल यति बेला रियल समर्थकहरु सम्झिरहेका छन्। धेरै रियल समर्थकहरु यसपटक पनि बेल च्याम्पियन्स लिगको फाइनलमा खेलुन् भन्ने चाहन्छन्।

सामाजिक संजालमा रियल समर्थकहरु बेल बारे विभिन्न टिका-टिप्पणी गरिरहेका छन्। एक रियल समर्थक लेख्छन्,”उनी ८० औं मिनेटमा आउनेछन् र ह्याट्रिक गर्नेछन्।” अर्का एक लेख्छन्,”बेललाई गोलकिपर को हो भन्ने फरक पर्दैन। उनी चाहेको बेला जनावर हुन सक्छन्।”

भिल्लारियललाई हराएर फाइनल प्रवेश गरेको लिभरपुल र रियल बीचको खेल नेपाली समय अनुसार मे २९ मा हुनेछ। सो खेल पेरिसमा हुनेछ। रियल इतिहाँस दोहोर्याउने दाउमा हुँदा लिभरपुल भने बदला लिने योजनामा हुनेछ।

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९११:२८

बार्सिलोनालाई धुलो चटाएको फ्रान्कफर्ट युरोपा लिगको फाइनलमा, उपाधि जित्न सक्ला त ?