घरमा आजै लगाउनुहोस् यस्तो एक विरुवा, धन सम्बन्धि सबै समस्या हुन्छ हल !

वास्तुशास्त्रमा धेरै रुख र बोटविरुवालाई पूजनिय स्थान प्राप्त छ भने कतिपय बोटविरुवामा देवी-देवताको आशीर्वादको वर्षा हुन्छ। यी विरुवा घरमा राख्नाले मानिसको भाग्य पनि परिवर्तन हुन्छ भन्ने विश्वास रहेको छ। वास्तुशास्त्रमा एउटा यस्तो बोट हो लक्ष्मणा। आउनुहोस् यसको बारेमा जानौं।

घरमा चमत्कारी विरुवा रोप्नुहोस् 

वास्तु शास्त्रमा यस्ता धेरै विरुवाहरु बारे बताईएको छ, जो धेरै चमत्कारी छन् र यी विरुवाहरुमा धेरै देवी देवताहरुको कृपा हुन्छ। यी विरुवा घरमा रोप्ने वित्तिकै धन चुम्बक जस्तै तानिन्छ। यसले मानसिको भाग्य पनि बदल्ने विश्वास रहेको छ।

दूर हुनेछ वास्तु-दोष 

वास्तुशास्त्रमा उल्लेख गरिएका केही विरुवाहरुले घरको वास्तु दोषलाई हटाउन मद्दत गर्छ। साथै घरको नकारात्मकता हटाउन र सकारात्मक उर्जाको प्रवाह बढाउन पनि सहयोगी हुन्छ। यी विरुवाहरु व्यक्तिको धन-सम्पतिको कारक बन्छन्।

माता लक्ष्मीको प्रिय हुन्छन् यस्ता विरुवा 

हामी एउटा यस्तो विरुवाको बारेमा कुरा गर्दैछौं, जुन लक्ष्मीजीलाई धेरै प्रिय छ। लक्ष्मणाको बोट माता लक्ष्मीलाई धेरै प्रिय हुने भएकाले लक्ष्मीलाई प्रसन्न पार्न घरमा यसको विरुवा लगाइन्छ। यसलाई घरमा लगाउनाले आम्दानीको नयाँ बाटो खुल्छ र आम्दानी बढ्छ। साथै, यी यसले घरको वास्तु दोष हटाउन पनि मद्दत गर्दछ।

वास्तुशास्त्रमा लक्ष्मणा विरुवाको विशेष महत्व बताइएको छ। आयुर्वेदमा यसलाई लक्ष्मण बुटी नाम दिइएको छ। यसको सेतो रंगका फूलहरू हुन्छन्, जो धेरै सुन्दर देखिन्छन्। सेतो रंग माता लक्ष्मीलाई धेरै प्रिय हुन्छ।

वास्तुशास्त्रमा यसलाई धन आकर्षित गर्ने विरुवा मानिन्छ। जहाँ यो विरुवा लगाइन्छ, त्यहाँ लक्ष्मीको वास हुने विश्वास रहेको छ। त्यो घरमा धनको साथसाथै सौभाग्य पनि आउँछ। यो विरुवा घरमा लगाउने बित्तिकै परिवारका सदस्यको उन्नति सुरु हुन्छ।

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९१४:१६

के तपाईं पनि देख्नुहुन्छ यस्ता सपना ? के हो त यसको अर्थ ? जान्नुहोस् !