एजेन्सी – पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीलाई पहिलो च्याम्पियन्स लिग दिलाउन सक्नेमा आफू ढुक्क नरहेको बताएका छन्। एक पत्रकार सम्मेलनका क्रममा ग्वार्डिओलाले सिटीलाई च्याम्पियन्स लिग दिलाउन सक्नेमा आफू ढुक्क नरहेको बताएका हुन्।
पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिनेक्रममा ग्वार्डिओलाले च्याम्पियन्स लिग दिलाउन आफू सक्षम नहुन सक्ने बताए। खेलाडी र प्रशिक्षकहरु के कस्तो अवस्थाबाट गुज्रिरहेका हुन्छन् भन्ने कुरा कसैलाई थाहा नहुने ग्वार्डिओलाको भनाई छ।
“सायद म टोलीलाई च्याम्पियन्स लिग दिलाउन सक्दिन होला। म त्यो गर्न सक्षम छैन होला। कसैलाई थाहा छैन अन्य खेलाडीहरू वा व्यवस्थापकहरूसँग के भएको थियो। सबै प्रतियोगिताहरूमा सम्भव भएसम्म त्यहाँ हुन पाउनु हाम्रा लागि सम्मानको कुरा हो।”,ग्वार्डिओलाले भने।
खेलकुदमा विभिन्न कठिन परिस्थिति आउने हुँदा त्यस्ता परिस्थितिका लागि सबै तयार हुनुपर्ने पनि ग्वार्डिओलाले बताए। च्याम्पियन्स लिग जित्न नसक्नुलाई धेरैले असफलता भने त्यसलाई आफूले स्वीकार्ने ग्वार्डिओलाको भनाई छ।
उनी भन्छन्,”हामी नजिक थियौं। तर रियल जति योग्य थिएनौं होला। मैले यो असफल हो वा होइन भन्न खोजेको छैन। मानिसहरू भन्छन् यदि खेलाडीहरूको यो समूहले च्याम्पियन्स लिग जितेन भने तिनीहरू असफल हुनेछन्। म यसलाई स्वीकार गर्छु। तर म पूर्ण रूपमा असहमत छु। हामीलाई थाहा छ खेलकुदमा सबै कुरा कत्ति गाह्रो छ। म को सही वा गलत भन्ने बहस गर्दिन।”