युनाइटेडलाई ब्राइटनको टक्कर ! खेल कुन च्यानालमा हेर्ने ?

एजेन्सी – प्रिमियर लिगमा आज ब्राइटनले म्यानचेस्टर युनाइटेडको आथित्यता गर्दैछ। सिजन अन्त्य तर्फ अगाडी बढ्दै गर्दा ब्राइटनको घरेलु मैदानमा यी दुई क्लब आमने-सामने हुन लागेका हुन्।

ब्राइटन अहिले प्रिमियर लिगको नवौं स्थानमा रहेको छ। सिजनका ३५ खेल खेल्दा उसले मात्रै १० खेलमा जित निकालेको छ भने ११ खेलमा हार बेहोरेको छ। त्यस्तै बाँकी १४ खेलमा भने ब्राइटनले बराबरी खेलेको छ। ब्राइटनको ४४ अंक छ। पछिल्ला पाँच खेल मध्ये मात्रै एक खेलमा हार बेहोरेको छ भने तीन खेलमा जित निकालेको छ।

त्यस्तै युनाइटेड भने अहिले प्रिमियर लिगको छैठौं स्थानमा रहेको छ। युनाइटेडले सिजनका ३६ खेल खेलिसक्दा ५८ अंक बनाएको छ। यस मध्ये १६ खेलमा जित निकाल्दा १० खेलमा हार बेहोरेको छ। त्यस्तै बाँकी १० खेलमा भने युनाइटेडले बराबरी खेलेको छ।

अंकगणितीय रुपले युनाइटेड अझै पनि शिर्ष चारको दौडमा रहेको छ। आजको खेलमा हार अथवा बराबरी खेलेको खण्डमा युनाइटेड अंकगणितीय रुपमा समेत शिर्ष चारको दौडबाट बाहिरिने छ।

ब्राइटन र युनाइटेड बीचको खेल नेपाली समय अनुसार रातको १० बजेर १५ मिनेटमा शुरु हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट २ मा हेर्न सकिनेछ।

प्रकाशित : शनिबार, बैशाख २४, २०७९११:४२

मेस्सी खोज्दै बार्सिलोना, मेस्सी गएपछि कसैले पनि फ्रिकिकमा गोल गर्न सकेनन् !