एजेन्सी – लियोनल मेस्सीले छाडेपछि बार्सिलोनाबाट जारी सिजनमा कुनै पनि खेलाडीले डाइरेक्ट फ्रिकिकमा गोल गर्न सकेका छैनन् । अघिल्लो सिजन मेस्सी बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका थिए ।
मेस्सीले बार्सिलोनाका लागि सन् २०२१ मे २ मा डाइरेक्ट फ्रिकिकमा गोल गरेका थिए । उनले बार्सिलोना छाडेयता ७ खेलाडीले फ्रिकिक प्रहार गरिसकेका छन् । मेम्फिस डिपेएलेले यो सिजन बार्सिलोनाका लागि सर्वाधिक फ्रिकिक प्रहार गरेका थिए ।
पछिल्ला केहि समय यता फ्रिकिक हान्ने खेलाडीमा परिवर्तन भइरहेका छन् । सबै खाले प्रतिस्पर्धामा गरि बार्सिलोनाका खेलाडीले १७ वटा फ्रिकिक प्रहार भएको छ । तर, कुनै पनि खेलाडीले फ्रिकिकमा गोल गर्न सकेका छैनन् ।
७ फरक खेलाडी
प्रशिक्षक जाभी हर्नान्डेजले फ्रिकिक प्रहारका लागि नयाँ खेलाडीको खोजी गरिरहेका छन् । मेम्फिसले सर्वाधिक ६, फेरान टोरेले ३, फिलिपे काउटिन्हो, जोर्डी अल्बा र ओस्माने डेम्बेलेले समान २ तथा जेरार्ड पिके र आन्सु फातीले समान १ पटक यो सिजन फ्रिकिक प्रहार गरेका थिए ।
डच फरवार्डले सुरुवाती दुई फ्रिकिक एथलेटिक क्लब र ग्रानाडाविरुद्ध फ्रिकिक प्रहार गरे । त्यस्तै काउटिन्होले काडिज र फातीले एथलेटिक म्याड्रिडसँगको खेलमा फ्रिकिक प्रहार गरेका थिए । मेम्फिसले अर्को दुई फ्रिकिक रियल म्याड्रिड र भ्यालेन्सियाविरुद्ध तथा काउटिनेले अलाभेजविरुद्ध फ्रिकिक हानेका थिए ।
जाभीले बार्सिलनोको प्रशिक्षक सम्हालेयता सुरुवाती ३ फ्रिकिकमा अल्बाले २ र पिकेले एक फ्रिकिक हानेका थिए । फेरानले नेपोली र एलेटिक तथा डेम्बेले र मेम्फिजले पछिल्ला खेलमा फ्रिकिक हानेका थिए ।