बार्सिलोना अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का, बेटिस पराजित !

एजेन्सी – डिफेन्डर जोर्डी अल्वाले एक गोलसँगै एक असिस्ट दिएपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित निकालेको छ । बार्सिलोनाले घरेलु टोली रियल बेटिसलाई २–१ ले पराजित गरेको हो ।

घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि बार्सिलोनाले जितको लागि निकै संघर्ष गर्नुपरेको थियो । बार्सिलोनाका अन्सु फाती र जोडी अल्वाले गोल गर्दा घरेलु टोलीका मार्क बारट्राले एक गोल फर्काए ।

सेभियामा शनिबार राति भएको खेलको ७६औं मिनेटमा अन्सु फातीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिन सफल भयो । उनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्न सफल भएका हुन् । ७५औं मिनेटमा फेरान टोरेसको स्थानमा मैदान छिरेका फातीले अल्वाको पासमा गोल गर्न सफल भएका थिए ।

तर बार्सिलोनाको त्यो अग्रता लामो समय टिकेन । ७९औं मिनेटमा मार्क बारट्राले नविल फेकिरको पासमा गोल गर्दा खेललाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा अल्वाले ड्यानी आल्भेसको पासमा भलीमार्फत सुन्दर गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

यो जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३५ खेलबाट ६९ अंक पुगेको छ । च्याम्पियन बनिसकेको रियल म्याड्रिडको १ अंक छ । पराजित रियल बेटिस ५८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, बैशाख २५, २०७९१०:०९

उपाधि दौडमा रहेको लिभरपुललाई लाग्यो ४४० भोल्टको झड्का, सिटीलाई फाइदा !