बेन्जेमा नभएको खेलमा रियलको हार !

एजेन्सी – स्पेनिस ला लिगाको यो सिजनको च्याम्पियन बनिसकेको रियल म्याड्रिडले शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडसँग हार बेहोरेको छ ।

रियल घरेलु टोली एट्लेटिकोसँग १–० ले पराजित भएको हो । वान्डा मेट्रो पोलिटानोमा आइतबार राति भएको खेलमा घरेलु टोली एट्लेटिकोको जितमा पहिलो हाफमा यान्निक कारास्कोले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ४०औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

जेसस भालेजोले म्याथिअस कुन्हालाईअनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै एट्लेटिकोलाई पेनाल्टी प्रदान गर्दा कारास्को चुकेनन् ।

रियलका प्रशिक्षक कार्लाे एन्सेलोटीले एट्लेटिकोविरुद्धको खेलमा मुख्य फरवार्ड करिम बेन्जेमालाई विश्राम दिदा भिनिसियस जुनियर, लुका मोड्रिच र फेडरिको भाल्भेर्डेलाई दोस्रो हाफमा मैदान प्रवेश गराएपनि नजिता आफ्नो पक्षमा पार्न सकेन ।

यो जितसँगै एट्लेटिको ३५ खेलबाट ६४ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । एट्लेटिको दोस्रो स्थानको बार्सिलोनासँग ५ अंकले तथा तेस्रो स्थानको सेभियासँग १ अंकले पछि छ । शीर्षस्थानको रियलसँग १७ अंकले पछि छ । पराजित रियल ३५ खेलबाट ८१ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ला लिगामा रियलको यो चौथो हार हो ।

यस्तै भिल्लारियल र सेभियासँगै स्पान्योल र ओसासुनाले समान १–१ गोलको तथा गेटाफे र रायो भालेकानोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित : सोमबार, बैशाख २६, २०७९०८:२६

सिटीलाई झड्का, यी तीन खेलाडीका लागि सिजन सकियो !