कांग्रेसी नेताको दावी – लोडसेडिङ अन्त्य मैले गरेको हुँ

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशबाट लोडसेडिङ अन्त्य आफूले गरेको दावी गरेका छन्। सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्नेक्रममा महतले लोडसेडिङको अन्त्य आफूले गरेको दावी गरेका हुन्।

पार्टी कार्यालय सानेपामा आयोजना गरिएको पत्रकार सम्मेलनमा पूर्वऊर्जामन्त्री समेत रहेका महतले लोडसेडिङ अन्त्यको पहल ऊर्जामन्त्री रहेको समयमा आफूले गरेको दावी गरे।

लोडसेडिङको अन्त्य आफूहरुले गरेको एमालेको दावीलाई महतले खण्डन गरे। माधव नेपाल प्रधानमन्त्री हुँदा माथिल्लो तामाकोशी स्वदेशी पुँजी जम्मा गरेर कार्यान्वयनमा लगेको कारण लोडसेडिङ अन्त्य भएको नेता महतको दावी छ।

उनले भने,”लोडसेडिङ कसले अन्त्य गर्‍यो ? मै हो ऊर्जा मन्त्री, माथिल्लो तामाकोशी स्वदेशी पुँजी जम्मा गरेर कार्यान्वयनमा लगेको माधव नेपाल प्रधानमन्त्री र म ऊर्जामन्त्री रहेको समयमा गरेको हो। सैलजा आचार्यको पालामा निजी क्षेत्रलाई विद्युत उत्पादन गर्ने नीति ल्याएका कारण निजी क्षेत्रबाट विद्युत उत्पादन शुरू भएको हो।”

 

प्रकाशित : सोमबार, बैशाख २६, २०७९१२:३३

प्रचण्डको बचाउमा उत्रिइन् रेणु दाहाल !