यति धेरै खेलाडी बेच्दै बार्सिलोना, डिपाए पनि बेचिने ! सूचीमा को-को ?

एजेन्सी – यो सिजन उपाधिविहीन बनेको बार्सिलोनाले आउदो समरमा ९ खेलाडीलाई बेच्ने तयारी गरेको छ । निराशजनक सिजनपछि प्रशिक्षक जाभीले आफ्नो टोली पुनर्निर्माण गर्न खोजिरहेका छन् ।

ला लिगामा उपाधिका लागि रियल म्याड्रिडलाई चुनौती दिन र फेरि च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नका लागि टोली बलियो बनाउनुपर्ने प्रशिक्षक जाभीले स्पष्ट पारेका छन् । यसमा इंग्लिस क्लब म्यानचेस्टर सिटीको नजरमा रहेका फ्रान्की डि जोङ, फ्रि ट्रान्सफरमा गत सिजन अनुबन्ध गरेका मेम्फिस डिपाएलगायतका खेलाडी बार्सिलोनाले बेच्ने सूचीमा रहेका छन् ।

नेटो, क्लेमेन्ट लेङ्लेट, सर्जिनो डेस्ट, ओस्कार मिगुएजा, स्यामुइल उम्टिटी, फ्रान्की डि जोङ, रिकी पुच, मेम्फिस डिपाए र मार्टिन ब्रेथवेट रहेका छन् । डच मिडफिल्डर फ्रान्की डि जोङलाई म्यानचेस्टर सिटी वा म्यानचेस्टर युनाइटेड दुवैको अवस्थाको मुल्यांकन गर्दै ५८ मिलियन पाउन्ड मुल्य तोकेको छ ।

डि जोङले यस सिजन बार्सिलोनाको टोलीमा नियमित रहेका छन् । उनले यो सिजन ४२ खेल खेल्दा चार गोल र पाँच असिस्ट दिएका छन् । तर अब यो विश्वास गरिएको छ कि जाभीले आफ्नो टोली पुनः निर्माण जारी राख्नको लागि उनलाई बाहिर राख्ने सम्भावना छ । उनको विकल्पमा क्लबमा खेलाडी रहेको र उनलाई बेच्दा आउने रकमले अन्य पोजिसन बलियो बनाउन सकिने क्लबको योजना छ ।

गत सिजन फ्रान्सेली क्लब लियोनबाट फ्रि ट्रान्सफरमा बार्सिलोना आएका २८ वर्षीय डच फरवार्ड डिपाएलाई टोटेनहम र नेपोलीले अनुबन्ध गर्ने योजना बनाएको छ । ड्यानी आल्भेस र ओसमाने डेम्बेले जाभीको नजरमा अर्काे सिजनको लागि रहने सक्नेछ ।

लुक डि जोङ र एडमा ट्राओरे हाल बार्सिलोनामा लोनमा खेलिरहेका छन् । उनीहरु आफ्नै क्लबमा फर्कने अपेक्षा गरिएको छ । फिलिप कौटिन्हो, ट्रिन्काओ र मिरालेम प्यानिच हाल क्रमशः एस्टन भिल्ला, वल्भ्स र बेसिक्टासबाट लोनमा खेलिरहेका छन् । यस समरमा उनीहरु टोलीमा फर्किनेछन् । तर, तीनै जना क्लबको योजनामा छैनन् ।

एन्टोइन ग्रिजमन प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडमा लोनमा खेलिरहेका छन् । उनको लोन सम्झौता अर्को सिजनसम्म रहेकाले यो सिजन नै पुरा हुने अपेक्षा गरिएको छ ।

बार्सिलोनाले एसी मिलानका मिडफिल्डर फ्रान्क केस्सी र चेल्सीका डिफेन्डर एन्ड्रियास क्रिस्टेनसेन दुवैसँग सम्झौता गरिसकेको भन्दै नयाँ अनुबन्धका लागि काम सुरु गरिसकेको छ । चेल्सीका जोडी सेजर एज्पिलिक्वेटा, मार्कोस अलोन्सोसँगै राफिन्हा र बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की पनि बार्सिलोनासँग जोडिएका छन् ।

प्रकाशित : बुधबार, बैशाख २८, २०७९०९:४९

एस्टन भिल्लाले कौटिन्होको मूल्य तोक्यो, यतिमा पाए मात्रै किन्ने !