काठमाडौँ – काठमाडौं महानगरपालिकाको आधिकारिक मतगणना अपडेट बाहिर आएको छ। निर्वाचन आयोगले काठमाडौँ महानगरको आधिकारिक मतगणना अपडेट सार्वजनिक गरेको हो।
सार्वजनिक आधिकारिक मतगणना अपडेट अनुसार स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन्। शाहले यो समाचार तयार पार्दा सम्म ४ सय २ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित रहेका छन्। उनले अहिले सम्म ३ सय १७ मत पाएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २ सय २ मत प्राप्त गरेको महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जनाए।
उपमेयर पदमा एमालेकी सुनिता डंगोलले ५२०मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११० पाएका छन्। महानगरमा ३५ स्वतन्त्रसहित ५५ जना प्रमुखको उम्मेदवार रहेका छन्।
काठमाडौं महानगरपालिकामा पाँच वटा वडाको मतगणना जारी रहेको छ । महानगरपालिका अनुसार ६ बजेर ३५ मिनेटसम्ममा वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेको छ ।

