बालेनले बाजी मार्न लागेपछि शेखरले भने – स्वतन्त्रसँग डराउनुपर्ने अवस्था आयो

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले स्थानीय निर्वाचनमा स्वतन्त्र उमेदवारले अग्रता लिनु दलका लागि चिन्ताको विषय भएको बताएका छन्। आइतबार विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा कोइरालाले स्वतन्त्र उमेदवारले अग्रता लिनु दलहरूका लागि चिन्ताको विषय भएको बताएका हुन्।

विराटनगरस्थित दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले स्वतन्त्र उम्मेदवार अगाडि आउनुले जनतामा दलहरूप्रति वितृष्णा त आएको होइन भन्ने शंका उत्पन्न भएको बताए।

“देशका केही पालिकामा स्वतन्त्र उम्मेदवार अगाडि आउनु जनतामा दलहरूप्रति वितृष्णा त आएको होइन भनेर खोजी गर्नुपर्ने बेला भएको छ। काठमाडौंजस्तो ठाउँमा स्वतन्त्रको उम्मेदवार अगाडि आइरहेको अवस्था छ, यसले पक्कै पनि दलहरूका लागि चुनौती दिएको छ।”,कोइरालाले भने।

काठमाडौँ जस्तो स्थानमा स्वतन्त्र उम्मेदवार अगाडी आउनु दलहरुका लागि चुनौती दिएको कोइरालाको भनाई छ। उनले भने,”काठमाडौंजस्तो ठाउँमा स्वतन्त्रको उम्मेदवार अगाडि आइरहेको अवस्था छ, यसले पक्कै पनि दलहरूका लागि चुनौती दिएको छ।”

प्रकाशित : आइतबार, जेठ ०१, २०७९२२:०२

बालेनको अग्रता झनै बढ्यो !