ग्रहचक्रमा बन्दै अत्यन्त शुभ संयोग, यी ४ राशिको खुल्नेछ भाग्य !

ज्योतिषशास्त्रका अनुसार जसरी ग्रहहरूको राशि परिवर्तनले मानिसको जीवनमा प्रभाव पार्छ, त्यसैगरी ग्रहहरूको संयोजनले पनि मानव जीवनमा विशेष प्रभाव पार्छ। कुण्डली वा राशिफलमा कुनै दुई वा दुईभन्दा बढी ग्रहहरू एकै स्थानमा सँगै हुँदा त्यस अवस्थालाई ग्रहहरूको संयोग भनिन्छ। मे १७ अर्थात् आज देखि मीन राशिमा बृहस्पति र मंगलको संयोग बन्ने भएको छ। ज्योतिष शास्त्रका अनुसार बृहस्पतिको कुनै पनि ग्रहसँग मिलन हुँदा त्यसबाट बन्ने योग प्रायः शुभ साबित हुन्छ।

गुरु-मंगलको संयोग 

१७ मई २०२२, आजबाट मीन राशिमा बृहस्पति-मंगलको संयोगका कारण गुरु-मंगल योग बनेको छ। यी दुई ग्रहको संयोजन शुभ योगको श्रेणीमा आउँछ। मंगल-गुरुको यो संयोग आगामी महिना जुन २७ सम्म जारी रहनेछ। किनभने जुन २७ मा मंगल ग्रहले मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्नेछ। यो संयोग मीन राशिमा बनेको हुनाले यस राशिका मानिसहरुमा यो संयोगले विशेष प्रभाव पार्नेछ।

यी ४ राशिलाई रहनेछ निकै शुभ 

मिथुन राशि 

करियरमा राम्रो सफलता मिल्नेछ। मन लागेको काममा सफलता मिल्नेछ। मिहिनेतको पूर्ण फल मिल्ने प्रबल सम्भावना छ।

कर्कट राशि 

यो राशिका मानिसहरुका लागि भाग्यको प्रबल सम्भावना रहेको छ। विभिन्न माध्यमबाट पैसा कमाउन सकिनेछ। आर्थिक अवस्था पहिलेको भन्दा बलियो हुनेछ। जीवनमा सुख र समृद्धि रहनेछ।

धनु राशि 

यो संयोगले धनु राशिका व्यक्तिहरुको पदोन्नतिको प्रबल सम्भावना रहेको छ। तलबमा उल्लेख्य वृद्धि हुन सक्छ। कतै रोकिएको पैसा फिर्ता हुनसक्छ। कार्यस्थलमा तपाईंको कामको उच्च प्रशंसा हुनेछ।

मीन राशि 

कार्यस्थलमा तपाईंको छवि बलियो हुनेछ। धन आर्जनमा सफलता मिल्नेछ। कमाई एक भन्दा बढी माध्यमबाट गर्न सकिन्छ। समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सकिनेछ।

गर्नुहोस् यस्ता कार्य 

बृहस्पति-मंगलको संयोगलाई निकै शुभ मानिन्छ। यो शुभ योगमा समय समयमा परोपकार गर्नु उचित हुन्छ। यस अवधिमा दान गर्नाले जीवनमा सुख-समृद्धि मिल्नुका साथै कुण्डलीमा गुरु र मंगलको स्थिति बलियो हुने विश्वास रहेको छ।

प्रकाशित : मङ्गलबार, जेठ ०३, २०७९१६:२०

कुम्भ राशिमा दुष्ट ग्रहको ठूलो परिवर्तन, कुन राशिलाई शुभ ? कुनलाई अशुभ ?