काठमाडौँ – भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ। नेकपा एमालेका उम्मेदवारसँग कडा टक्करका बीच गठबन्धनले अग्रता कायम राखेको हो।
४५ हजार भन्दा बढी मतगणना हुँदा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार रहेकी रेणुले १६ हजार ६ सय ८९ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १३ हजार ४ सय १० मत प्राप्त गरेका छन्।
रेणु र सुवेदी बीच ३ हजार २ सय ६९ मतको अन्तर छ। यस अगाडी ३ हजार ३ सय भन्दा बढी पुगेको रेणुको अग्रता केहि कम भएको छ। अहिले सम्म ४५ हजार ६० मतगणना भैसकेको छ। त्यस्तै
प्राप्त जानकारी अनुसार अहिले महानगरको वडा नम्बर १० र ११ को मतगणना जारी छ। वडा नम्बर १० मा मेयरका उम्मेदवार दाहाल र सुवेदीको कडा प्रतिष्पर्धा चलिरहेको छ। वडा नम्बर १० मा रेणुले अग्रता कायम गर्दा वडा नम्बर ११ मा सुवेदीले अग्रता राखेका छन्।
वडा नम्बर ११ को ११ सय मतगणना हुँदा वडाध्यक्षमा एमालेका उम्मेदवार कमल मल्ल १२४ भोटले अघि छन्। वडा नम्बर १० मा ३३४९ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार परमेश्वर खनाल २६० भोटले अघि छन्।