अन्ततः एभर्टन रेलिगेसनबाट जोगियो !

एजेन्सी – क्रिस्टल प्यालेसमाथि रोमाञ्चक पूनरागमन जित निकाल्दै एभर्टन यो सिजनको इंग्लिस प्रिमियर लिगको रेलिगेसनबाट जोगिएको छ ।

घरेलु मैदानमा २–० ले पछि परेको स्थिति उल्ट्याएर ३–२ को जित निकाल्दै एभर्टन रेलिगेसनबाट जोगिएको हो । एभर्टनको पूनरागमन जितमा माइकल किन, रिचार्लीसन र डोमिनिक काल्भर्ट लेविनले गोल गरे । क्रिस्टल प्यालेसका जिन फिलिप माटेटा र जोर्डन एयुले गोल गरे ।

गुडिसन पार्कमा बिहीबार राति भएको खेलको २१औं मिनेटमा जिन फिलिप माटेटाको गोलबाट क्रिस्टल प्यालेसले सुरुवाती अग्रता लिन सफल भएको थियो । इवेरेची इजीको पासमा गोल गर्न सफल भएका थिए ।

३६औं मिनेटमा जोर्डन एयुले गोल गरेपछि एर्भटन घरेलु मैदानमा पहिलो हाफमा २–० ले पछि परेको थियो । पहिलो हाफमा पछि परेको एभर्टनले दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै जित निकाल्न सफल भयो । ५४औं मिनेटमा माइकल किनले मासन होल्गेटको पासमा गोल गर्दै एभर्टनलाई खेलमा फर्कने संकेत दिए ।

७५औं मिनेटमा रिचार्लीसनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ८५औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई ३–२ को रोमाञ्चक पूनरागमन जित दिलाए । उनले डेमाराईको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै एभर्टनको ३७ खेलबाट ३९ अंक पुगेको छ । अब एभर्टनले आफ्नो अन्तिम खेलमा हार भोगेको अवस्थामा रेलिगेसन जोनमा रहेका बर्नले र लिड्स युनाइटेडले जित निकालेपनि केही फरक पर्नछैन ।

नर्विच सिटी र वाट्फोर्ड रेलिगेसनमा परिसक्दा अब बर्नले र लिड्समध्ये एक टोली रेलिगेसनमा पर्नेछ । पराजित प्यालेस ४५ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

प्रकाशित : शुक्रबार, जेठ ०६, २०७९०८:१३

नयाँ प्रशिक्षक टेन हागले पूरा गर्ने भए रोनाल्डोको इच्छा !