पूर्व खेलाडी भन्छन्-“एम्बाप्पे रियल म्याड्रिड जानुपर्छ, नत्र जीवनभर पछुताउनेछन्”

किलियन एमबाप्पेको भविष्य फ्रान्समा दैनिक चर्चाको विषय बनेको छ। पेरिस सेन्ट जर्मेन (पीएसजी) अझै पनि उनलाई पार्क डेस प्रिन्समा राख्न सक्दो प्रयास गरिरहेको छ। अर्कोतर्फ, रियल म्याड्रिड आनन्दका साथ फ्रेन्च स्टारलाई पर्खिरहेको छ।

यस्तोमा, २३ वर्षीय स्टारको भविष्यको बारेमा टिप्पणी गर्ने पछिल्लो व्यक्ति जीन पियरे पापिन, १९९१ ब्यालोन डी’ओर विजेता रहेका छन्। र, अचम्म लाग्दो कुरा हुनसक्छ, उनको सल्लाह पीएसजी स्टारलाई क्लब छाडेर अगाडि बढ्नको लागि रहेको छ।

“एउटा खेलाडी, यदि उसको सपना छ भने, उसले त्यो पूरा गर्नुपर्दछ,” पापिनले युरोस्पोर्टलाई भने, “यदि उसको सपना रियल मड्रिडबाट खेल्ने हो भने, उसले त्यहाँ जानुपर्छ, नत्र उसले जीवनभर पछुताउनेछ।”

पापिनले एम्बाप्पेको मामिलामा आफ्नो विचार युरोस्पोर्टमा सार्वजनिक मात्र गरेका छैनन्, तर फ्रान्सका पूर्व स्ट्राइकरले गत हप्ता खेलेको च्यारिटी म्याचमा किलियन एम्बाप्पेका बुबा विल्फ्रिडसँग आफ्नो विचार साझा गरेका थिए। “एम्बाप्पे रियल जानु पर्छ, नत्र उसले जीवनभर पछुताउनेछ,” पापिनले पेरिस सेन्ट-जर्मेन स्टारका बुबालाई स्पष्ट रूपमा व्याख्या गरेका थिए।

प्रकाशित : शुक्रबार, जेठ ०६, २०७९१५:३४

क्यारागरलाई रिचार्लिसनले भने-“मेरो बारे बोल्नुअघि मुख सफा गर, तेरो लागि कुनै सम्मान छैन”