रेणुलाई अहिले सम्मकै उच्च अग्रता !

काठमाडौँ – भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता झनै बढेको छ। नेकपा एमालेका उम्मेदवारसँग कडा टक्करका बीच गठबन्धनले अग्रतालाई थप फराकिलो बनाएको हो।

कुल ६० हजार ९२५ मत गणना हुँदा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार रहेकी रेणु दाहालले २३ हजार १५४ मत पाएकी छन्। उनलाई एमालेका विजय सुवेदीले १९ हजार ७२२ सहित पछ्याइरहेकी छन्।

दाहाल र सुवेदी बीचको मतान्तर अहिले सम्मकै उच्च हुन पुगेको छ। यस अगाडी ३ हजार ३ सय सम्म पुगेको मतान्तर शुक्रबार साँझ ३ हजार ४ सय सम्म पुगेको छ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ५१३ मत पाएका छन्। उपमेयमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले २५ हजार ३९२ मत प्राप्त गर्दा एमालेको समर्थन रहेकी राप्रपाकी हिमला गुरूङले १५ हजार ५३८ मत प्राप्त गरेकी छन्।

प्रकाशित : शुक्रबार, जेठ ०६, २०७९१९:४२

धुलिखेलको प्रमुखमा एमाले, काभ्रेबाट एमाले पत्तासाफ हुनबाट बच्यो !