एम्बाप्पेको विषयमा एम्बाप्पेकी आमाले गरिन् नयाँ खुलासा !

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेकी आमा फेजा लमारीले पेरिस सेन्ट जर्मेन(पिएसजी) र रियल म्याड्रिड दुवैका प्रस्तावमा धेरै भिन्नता नरहेको बताएकी छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा लमारीले एम्बाप्पेका लागि पिएसजी र रियलबाट भएका प्रस्तावहरु धेरै फरक नरहेको बताएकी हुन्।

कोरा प्लसका लागि दिएको अन्तर्वार्तामा उनले पीएसजी र एउटा रियल म्याड्रिडबाट भएका प्रस्ताव लगभग समान रहेको बताइन्। कहाँ जाने भनेर एम्बाप्पे आफैंले निर्णय गरेको उनको भनाई छ।

“पिएसजी र रियल म्याड्रिड दुवैको तर्फबाट भएका प्रस्ताव लगभग समान छन्। अब हामी किलियनको निर्णयको पर्खाइमा छौं। दुई प्रस्तावहरू बीचमा थोरै मात्र भिन्नता छ। हेर्दै जाउँ किलियनले के निर्णय गर्छन्।”,लमारीले भने।

त्यस्तै उनले पिएसजी र रियल म्याड्रिड दुवै पक्षसँग छलफल सकिसकेको पनि बताइन्। दुवै क्लबसँग अब थप छलफल नहुने उनको भनाई छ। दुवै पक्षसँग छलफल सकिसकेको हुँदा किलियनले छिट्टै निर्णय लिने लमारीले स्पष्ट पारिन्।

उनले भनिन्,”हामीले रियल र पिएसजी दुवैसँग छलफल गरिसकेका छौँ। दुवै पक्षसँग अब थप छलफल हुने छैनन्। अब जे गर्छन् किलियनले गर्छन्। निर्णय उनले नै गर्नेछन्।”

पिएसजी र रियल म्याड्रिडबाट उस्तै-उस्तै प्रस्ताव भएको खुलासा भएसँगै एम्बाप्पे रियल जाने सम्भावना बढेको छ। रियल म्याड्रिडबाट खेल्ने सपनाका कारण पनि उनी रियल जाने उच्च सम्भावना देखिन्छ।

प्रकाशित : शुक्रबार, जेठ ०६, २०७९२१:४५

“रियल नगए एम्बाप्पे जीवनभर पछुताउनेछन्”