“रियल नगए एम्बाप्पे जीवनभर पछुताउनेछन्”

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे अहिले करियरकै कठीन मोडमा छन्। पेरिस सेन्ट जर्मेन(पिएसजी)मै रहनेकी रियल म्याड्रिड भन्ने निर्णय गर्न उनलाई गार्हो परिरहेको छ। तर विभिन्न कारणहरुले गर्दा उनले रियल म्याड्रिड जाने निर्णय गर्न सक्नेछन्।

एम्बाप्पेले आफ्नो भविष्य बारे आउने केहि दिनमै निर्णय लिने बताइन्छ। एम्बाप्पे आफैंले कहाँ जाने भनेर निर्णय भइसकेको र सो निर्णय आउने केहि दिन भित्रै सार्वजनिक गरिसक्ने बताएका छन्।

यसै बीच फ्रेन्च फुटबल लेजेण्ड जीन पियरे पापिनले आफ्नो सपना पूरा गर्न जसरी पनि रियल जान एम्बप्पेलाई सुझाव दिएका छन्। एक अन्तर्वार्ताका क्रममा पापिनले सपना पूरा गर्न एम्बाप्पे रियल जानै पर्ने बताएका हुन्।

रियलबाट खेल्ने सपना बोकेका एम्बाप्पे रियल नगए जिन्दगिभर पछुताउने उनको भनाई छ। खेलाडीहरुका लागि सपना र लक्ष्य धेरै महत्वपूर्ण हुने पापिनले बताए।

उनले भने,”एउटा खेलाडीले आफ्ना लक्ष्य र सपना छन् भने त्यसलाई हाँसिल गर्नुपर्छ। यदि उनको सपना रियल मड्रिडबाट खेल्ने हो भने उनले रियल जानु पर्छ। नगए जीवनभर पछुताउनुपर्नेछ।”

प्रकाशित : शुक्रबार, जेठ ०६, २०७९२२:५१

ग्वार्डिओला भन्छन् – “प्रिमियर लिग जित्न च्याम्पियन्स लिग जित्न जस्तो सजिलो छैन”