ग्वार्डिओला भन्छन् – “प्रिमियर लिग जित्न च्याम्पियन्स लिग जित्न जस्तो सजिलो छैन”

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले च्याम्पियन्स लिग भन्दा प्रिमियर लिग कठिन रहेको बताएका छन्। सिजनको अन्तिम खेल खेल्नु अगाडी आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेक्रममा ग्वार्डिओलाले च्याम्पियन्स लिग भन्दा प्रिमियर लिग कठिन रहेको बताएका हुन्।

पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिनेक्रममा ग्वार्डिओलाले प्रिमियर लिग जित्न च्याम्पियन्स लिग जित्न जस्तो सहज नरहेको बताए। धेरै भन्दा धेरै खेल हुने प्रिमियर लिग जित्न च्याम्पियन्स लिग भन्दा गार्हो हुने उनको भनाई छ।

“प्रिमियर लिग च्याम्पियन्स लिग भन्दा धेरै कठिन छ। प्रिमियर लिगमा धेरै हप्ताहरू, धेरै खेलहरू, धेरै चोटहरू, राम्रो र नराम्रो समयहरू, विभिन्न परिस्थितिहरू हुन्छन्। प्रिमियर लिग जित्नका लागि हरेक साता लड्नुपर्ने हुन्छ, साता पछि साता खेल्नुपर्ने हुन्छ।”,ग्वार्डिओलाले भने।

पत्रकार सम्मेलनका क्रममा ग्वार्डिओलाले प्रिमियर लिग जस्तै च्याम्पियन्स लिग पनि महत्वपूर्ण रहेको बताउन भने छुटाएनन्। ३८ खेलमा राम्रो प्रदर्शन गर्नु च्याम्पियन्स लिगका ६-७ खेलमा राम्रो प्रदर्शन गर्नु भन्दा धेरै भिन्न कुरा रहेको ग्वार्डिओला बताउँछन्।

उनी भन्छन्,”मैले च्याम्पियन्स लिग महत्त्वपूर्ण छैन भनेर भनेको छैन। हामी अर्को हप्ता पेरिसमा हुन पक्कै चाहन्थ्यौं। तर ३८ खेलमा राम्रो प्रदर्शन गर्नु र च्याम्पियन्स लिगका ६-७ खेलमा राम्रो गर्नु धेरै भिन्न कुरा हो।”

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिडसँग पराजित भएको थियो। पहिलो लेगमा जित निकालेर पनि दोस्रो लेगमा सिटीले घुँडा टेकेको थियो।

प्रकाशित : शनिबार, जेठ ०७, २०७९१९:१४

रियल म्याड्रिडलाई झड्का, पिएसजीमै रहने एम्बाप्पेको निर्णय !