जेठ १३ गते सम्म कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष (चु चे चो ला लि लु ले लो अ)

घरजग्गासम्बन्धी चिन्ता बढ्ला । धेरै खर्च पनि यही क्षेत्रमा हुनेछ तर आत्तिनुपर्ने समय छैन । टेवा दिने ग्रह पनि प्रशस्त छन् । व्यापारसम्बन्धी काममा फाइदा होला । त्यस्तै मित्र सहयोग पनि पाई नै रहनुहुनेछ । जागिरतिर हाल मध्यम समय देखिन्छ ।

वृष (इ उ ए ओ वा वी वु वे वो)

साताको सुरुमा मनमा डर लाग्ला । आइतबारको बेलुकीदेखि यो भय हराएर जानेछ । तैपनि मनमा दृढनिश्चय गर्न सक्ने शक्ति छैन । हातले समातेको व्यापार, व्यवसायबाट ठूलो लाभ हुने देखिँदैन । धैर्यको मात्रा एकदम कम छ । सूर्यको नित्य दर्शन गरिरहनुहोस्, फाइदा हुनेछ ।

मिथुन (का कि कु घ ङ छ के को हा)

खर्च एकदमै बढ्ला । साताका अधिकांश दिन खर्च बढाउने खालका छन् । बुधबारदेखि मात्र राहतको अनुभव हुनेछ । मित्रवर्गबाट पाइने सहयोगमा कुनै कमी देखिँदैन । त्यस्तै हातले समातेको व्यापार व्यवसायमा पनि फाइदा नै छ । बौद्धिक चतुर्याइँ घट्ने देखिन्न ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

मध्यम खालको साता छ । पहिलेको जस्तो जटिल समय नभए पनि पूरा सप्रिएको भने भन्न मिल्दैन । साथीबाट धोका होला कि जस्तो छ । पढाइलेखाइमा भने राम्रो गति चल्ला । सोच्ने शक्ति बढी छ । त्यसलाई लिपिबद्ध गर्ने कलासमेत हाल उत्कृष्ट खालको देखिन्छ ।

सिंह (मा मि मु मे मो टा टी टू टे)

पूर्वाद्र्ध जति राम्रो छ, उत्तराद्र्ध त्यति देखिँदैन । मङ्गलबारदेखिको समय जटिलताले भरिएको छ । सानो काम पूरा गर्न पनि मेहनत प्रशस्त गर्नुपर्ला । स्वास्थ्य त्यति राम्रो रहने छैन । चोटपटक लाग्ने सम्भावनासमेत छ । नित्य गणेशको दर्शन गर्नुहोस् ।

कन्या (टो पा पी पू ष ण ठ पे पो)

मध्यम खालको साता देखिन्छ । आधा काम बन्लान् भने आधा बाँकी रहनेछन् । सोच्ने शक्ति हुँदाहुँदै पनि निर्णय गर्न ढिलो हुनेछ । पढाइतिर भने प्रगति नै गरिनेछ । व्यापारको क्षेत्रमा हाल हानि देखिन्न । मित्रबाट जति सहयोग पाइने हो, त्यति मिल्ने सम्भावना कम छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साताको सुरुमा स्वास्थ्यसम्बन्धी समस्या आएर खर्च बढिरहला । आइतबारको बेलुकादेखि भने सुधार हुँदै आउला । मित्रबाट पाइने सहयोग त्यति देखिन्न । बरु कतैबाट धोका होला कि जस्तो छ । प्रेम वा बिहेको कुरामा अल्झन आउन सक्छ । इन्द्राणीको दर्शन गरिरहनुहोस् ।

वृश्चिक (तो ना नि नू ने नो या यि यू)

केही काम बन्नेछन् भने केही बाँकी रहनेछन् तर बिग्रने नै समय छैन । मनमा उत्साहको मात्रा बढिरहला । त्यस्तै नयाँ कामसमेत हात पर्लाजस्तो छ । खास गरेर पढ्ने र पढाउने क्षेत्रमा प्रगति देखिन्छ । कूटनीतिक काममा भने बाधा आउलान्।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आय र व्यय बराबरै खालको हुनेछ । भौतिक परिश्रम गरेर कमाएको आर्जनलाई परिवारको निमित्त नै खर्च गरिरहनु पर्ला । छोराछोरीको पढाइका लागिसमेत खर्च बढ्न जाने समय छ । बिहेसम्बन्धी कुरामा भने राम्रो प्रगति होला । वैदेशिक यात्राको सम्भावना सबल छैन ।

मकर  (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । सुरुकै दिनमा भोजभतेर पर्नेछन् । माङ्गालिक काममा समेत सरिक भइनेछ । इष्टमित्रसँग भेटघाट हुने र मनोरञ्जन बढी गरिने देखिन्छ । पढाइको मात्रा कम होला । त्यस्तै व्यावसायिक लाभसमेत न्यून छ ।

कुम्भ राशि  (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मानप्रतिष्ठाको बढोत्तरी हुने देखिन्न । पछाडि बसेर दोष लगाउनेहरू धेरै छन् तर तपाईंको पक्षमा बोल्ने मित्रको सङ्ख्यासमेत हाल कम देखिन्न । सानो काम पूरा गर्नसमेत मेहनत प्रशस्त गरिएला । शिक्षाको क्षेत्रमा राम्रै देखिन्छ । हातले समातेको व्यवसायले लाभ नै देला ।

मीन राशि  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

साता मध्यम खालको छ । सोचेको जति लाभ नभए पनि निराश हुनुपर्ने छैन । धेरै समय धार्मिक वा सांस्कृतिक काम गर्नमा बित्ला । मद्दत गर्ने मित्र मिलिरहनेछन् । खर्च घट्ने छैन । आयको स्थिति मध्यम छ । जागिरबाट नराम्रो देखिन्न । गणेशको आराधना गरिरहनुहोस् ।

प्रकाशित : शनिबार, जेठ ०७, २०७९०९:१८

शुक्र ग्रहको गोचरले बढाउनेछ यी ५ राशिको समस्या, सावधान रहन आवश्यक !