मेस्सीले भुल्न सकेनन् च्याम्पियन्स लिगमा रियलले चखाएको हार !

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले च्याम्पियन्स लिगमा भोगेको हारलाई अझै भुल्न नसकेको बताएका छन्। स्ना २०२१-२२ को सिजन सकिएपछि सामाजिक संजाल मार्फत एक सन्देश जारी गर्दै मेस्सीले च्याम्पियन्स लिगमा हार्नुको तीतो स्वाद अझै बाँकी रहेको बताएका हुन्।

प्रतिद्वन्दी क्लब भन्दा राम्रो भएर पनि हार बेहोर्दै च्याम्पियन्स लिगबाट बाहिरिनु पिडा रहेपनि ट्रफी क्याबिनेटमा अर्को अर्को उपाधि थप्न सक्दा खुशी लागेको मेस्सीको भनाई छ।

मेस्सी सामाजिक संजालमा लेख्छन्,”प्रतिद्वन्दी भन्दा राम्रो भएरपनि च्याम्पियन्स लिगको एक खेलमा भोगेको हारको तीतो स्वाद अझै बाँकी छ। तर पनि म अर्को उपाधि थप्न सकेको खुशी पनि सँगै बाँड्न चाहन्छु। यो मेरो उद्देश्य पनि थियो।”

त्यस्तै मेस्सीले आउने सिजन आफूहरुका लागि धेरै महत्वपूर्ण हुने र सबै उपाधिका लड्ने पनि बताएका छन्। आउने सिजन राम्रो सफलताहरु हात लाग्ने मेस्सीको आशा छ ।

“म पक्का छु कि २०२३ मा राम्रो चीजहरू आउँदैछन्। यो एक महत्त्वपूर्ण वर्ष हुनेछ र हामी सबै कुराका लागि प्रतिष्पर्धा गर्ने छौँ। छिट्टै भेटौंला!”,मेस्सीले लेखेका छन्।

मेस्सीले सामाजिक संजाल मार्फत नै पिएसजीका सहकर्मीहरु धन्यवाद समेत दिएका छन्। परिवार सहित पेरिस आएपछि पिएसजीका सहकर्मीहरुले धेरै सहयोग गरेको मेस्सीको भनाई छ।

प्रकाशित : आइतबार, जेठ ०८, २०७९१८:१०

नाटकीय खेलमा जित निकाल्दै सिटी बन्यो प्रिमियर लिग च्याम्पियन !