प्रत्येक वर्ष २४ वटा एकादशी र महिनामा दुई एकादशी पर्छन्। २४ एकादशीमध्ये केही एकादशीलाई विशेष मानिन्छ, जसमध्ये अपरा एकादशी पनि एक हो। यसलाई अचला एकादशी पनि भनिन्छ। यस वर्ष २०२२ मा अपरा एकादशीको व्रत भोलि अर्थात २६ मेमा परेको छ। भोलि बिहीबार आयुष्मान योग पनि रहेको छ जुन भगवान श्री हरिलाई समर्पित मानिन्छ। यस शुभ संयोगले अपरा एकादशीको महत्व झनै बढेको छ। यस्तो अवस्थामा ज्योतिष शास्त्रका अनुसार भगवान विष्णु र देवगुरु बृहस्पतिको कृपा प्राप्त गर्न विधि अनुसार पूजा गर्नु बाहेक केही उपाय गर्नाले पनि फाइदा हुन्छ। जीवनमा सुख-समृद्धि कायम राख्न अपरा एकादशीका दिन के के उपाय गर्न सकिन्छ जानौं।
केराको बोटको पूजा
अपरा एकादशीका दिन भगवान विष्णु र देवगुरु बृहस्पतिको पूजासँगै केराको रुखको पूजा गर्नाले बृहस्पति ग्रहको शुभफल बढ्छ।
सुँगालाई चनाको दाल खुवाउनु
गुरु बृहस्पतिको आशीर्वाद प्राप्त गर्न अपरा एकादशीमा सुँगालाई चनाको दाल खुवाएमा जीवनमा सकारात्मक उर्जा आउँछ।
रुद्राष्टाध्यायी र शिवसहस्त्रनामको पाठ गर्नुहोस्
अपरा एकादशीका दिन स्नान गरेर सफा वस्त्र धारण गरी भगवानको तस्विर अगाडि रुद्राष्टाध्यायी र शिव सहस्रनाम पठन गर्नु धेरै फलदायी मानिन्छ। साथै ज्योतिष शास्त्र अनुसार यस दिन रुद्राभिषेक गर्नाले सुख, समृद्धि र वैभव बढ्छ।
केराको भोग
अपरा एकादशीका दिन भगवान विष्णुको विशेष पूजा गर्ने चलन छ। यस्तो अवस्थामा बिहीबारको दिन सबै पापबाट मुक्ति पाउन र विष्णुको आशीर्वादका लागि केरा अवश्य चढाउनुपर्छ।
मन्त्र जप गर्नुहोस्
अपरा एकादशीको दिन पूजा गरेपछि स्वच्छ आसनमा बसेर ॐ नमो भगवते वासुदेवाय मन्त्रको १०८ पटक जप गर्नाले घरमा सुख शान्ति आउँछ। यसका साथै देवगुरु बृहस्पतिको कृपाले दाम्पत्य जीवनमा धन, ऐश्वर्य र शुभ फल प्राप्त हुन्छ।

