रोमा बन्यो पहिलो युरोपा कन्फ्रेन्स लिग च्याम्पियन !

एजेन्सी – इटालियन क्लब एएस रोमा युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बनेको छ । डच प्रतिद्धन्द्धी फियोनुर्डलाई १–० ले पराजित गर्दै रोमा पहिलो संस्करणको युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बन्न सफल भएको हो ।

अल्वानियामा बुधबार राति भएको खेलको पहिलो हाफमा निकोलो जानिलोले गरेको गोल नै रोमालाई च्याम्पियन बन्न पर्याप्त बन्यो । उनले ३२औं मिनेटमा जियानलुका मान्सिनीको पासमा गोल गरेका थिए ।

एक गोलले पछि परेको फियोनुर्डले त्यसपछि लगातार दवाव सिर्जना गरेपनि रोमाको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा उपाधिबाट वञ्चिन हुन पुग्यो ।

रोमाले ६० वर्षपछि युरोपियन लिगको उपाधि जित्दा १४ वर्षपछि उपाधि जित्न सफल भएको छ । रोमाले यसअघि युरोपियन लिगको रुपमा सन् १९६१ मा फेयर्स कप जितेको थियो । त्यसपछि रोमाले पछिल्लोपटक सन् २००७–०८ को सिजनमा कोपा इटालियाको उपाधि जितेको थियो ।

प्रशिक्षक जोसे मौरिन्होले चार फरक क्लबबाट युरोपियन लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यस्तै प्रशिक्षक मौरिन्हो पाँचौपटक युरोपियन फुटबल लिगको उपाधि जित्ने दोस्रो प्रशिक्षक बनेका छन् ।

यसअघि जियोभानी ट्रापाटोनीले पनि विभिन्न पाँच उपाधि जितेका छन् । मौरिन्होले समान दुईपटक च्याम्पियन्स लिग र युरोपा लिग जितेका छन् ।

प्रकाशित : बिहिबार, जेठ १२, २०७९०८:२६

फाइनलअघि सलाह भन्छन्-“रियलसँग बदला लिन तयार छु, ब्याण्ड बजाउने हो”