आफ्नो स्वराशी मीन राशिमा विराजमान छ सबैभन्दा शुभ ग्रह, यी ३ राशिको चम्किनेछ भाग्य !

ज्योतिषशास्त्रमा बृहस्पति ग्रहलाई निकै महत्वपूर्ण मानिन्छ। पौराणिक कथा अनुसार गुरु बृहस्पतिलाई देवताहरुको गुरु मानिन्छ। त्यसैले यस ग्रहलाई देवगुरु बृहस्पति भनिन्छ। ज्योतिषीहरूका अनुसार बृहस्पतिले शुभ फल मात्र दिन्छ, तर केही विषम परिस्थितिमा मात्रै बृहस्पतिले अशुभ फल दिन्छ। ज्योतिषशास्त्रका अनुसार बृहस्पति ग्रह अहिले आफ्नो राशि मीन राशिमा विराजमान छ। यसका साथै यस राशिमा शुक्र ग्रह पहिले देखि नै रहेको छ। गुरुलाई देवताहरूको गुरु र शुक्रलाई दानवहरूको गुरु मानिन्छ। मीन राशिमा देवगुरु बृहस्पतिको उपस्थितिले कुन राशिलाई फाइदा हुन्छ जान्नुहोस्।

मिथुन राशि

बृहस्पतिको गोचरले मिथुन राशिको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। यो गोचर तपाईंको लागि शुभ साबित हुनेछ। यस अवधिमा तपाईंको आर्थिक स्थितिमा सुधार आउनेछ। आम्दानीका स्रोत बढ्नेछन्। आर्थिक लाभको अपेक्षा राख्न सकिन्छ। यस अवधिमा तपाईंको रोकिएको काम पुन: सुरु हुनेछन्। विद्यार्थीहरूका लागि यो समय अनुकूल रहनेछ।

कर्कट राशि

कर्कट राशिका लागि बृहस्पति ग्रहले उन्नतिको नयाँ बाटो खोल्नेछ। जागिर गर्नेलाई पदोन्नति मिल्नेछ। लेखन आदिसँग सम्बन्धित व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन आउनेछ। व्यापार व्यवसाय गर्नेहरुका लागि यो समय लाभदायी साबित हुनेछ। धनसम्पत्ति बढ्न सक्छ।

मीन राशि

तपाईंको राशिमा बृहस्पति ग्रह विराजमान छ, यस्तो अवस्थामा तपाईंलाई देवगुरु बृहस्पतिको विशेष आशीर्वाद हुनेछ। बृहस्पति ग्रहलाई धनु र मीन राशिका मानिसहरूको अधिपति ग्रह मानिन्छ। बृहस्पति कर्कटमा उच्च र मकर राशिमा दुर्बल हुन्छ। मीन राशि भएका व्यक्तिहरुको यो अवधिमा आम्दानी बढ्ने प्रबल सम्भावना छ। साथै तपाईंको आर्थिक अवस्था पनि परिवर्तन हुनेछ। नयाँ व्यापार सुरु गर्नको लागि समय अनुकुल रहेको छ। लगानीका लागि समय राम्रो छ।

प्रकाशित : बिहिबार, जेठ १२, २०७९१५:०९

यस्ता ५ चीजलाई कहिल्यै नगर्नुहोस् विश्वास, अन्यथा हुनसक्छ जीवन नै बर्बाद !