यस्ता ५ चीजलाई कहिल्यै नगर्नुहोस् विश्वास, अन्यथा हुनसक्छ जीवन नै बर्बाद !

आचार्य चाणक्य एक महान कूटनीतिज्ञ, अर्थशास्त्री हुनुका साथै व्यावहारिक जीवनमा पनि एक महान मार्गदर्शक हुन्। उनले आफ्नो नीतिशास्त्रमा यस्ता धेरै कुरा लेखेका छन्, जसको पालना गरेर मानिसले धेरै समस्याबाट बच्न सक्छन्। सानातिना गल्तीले ठूलो नोक्सानी बेहोर्नु पर्न सक्छ। चाणक्य नीतिमा ५ प्रकारका वस्तु र व्यक्तिबाट टाढा रहन सल्लाह दिइएको छ। थाहा छ तिनीहरू के हुन्?

गल्तीले पनि यी मानिसलाई विश्वास नगर्नुहोस् 

ह-ति’यार राख्ने मानिस 

आफूसँग हतियार राख्ने मानिसहरूलाई कहिल्यै विश्वास नगर्नुहोस् वा उनीहरुसँग कुनै पनि कुरामा उल्झिनु हुँदैन। यस्ता व्यक्तिले तपाईंलाई रिस उठ्दा जुनसुकै बेला हानि पुर्याउन सक्छन्। यस्ता मानिससँग शत्रुता गर्नु भनेको आफ्नो मृ-त्युलाई निम्तो दिनु हो।

उच्च पदमा रहेका शक्तिशाली मानिस 

सत्‍तासीन वा शक्तिशाली व्यक्तिहरूमा कहिल्यै विश्वास नगर्नुहोस्। न त तिनीहरूसँग शत्रुता नगर्नुहोस्। यसका पछाडि २ ठूला कारण छन्। एक, आफ्नो फाइदाको लागि तपाईंलाई बलिको बोका बनाउन २ मिनेट पनि खर्च गर्दैनन्, दोस्रो, तपाईंसँग रिसाए भने तपाईंलाई बर्बाद गरिदिनेछन्। यसका लागि तिनीहरूले आफ्नो शक्तिको थोरै प्रयोग गरेर पनि तपाईंलाई ठूलो हानि गर्न सक्छन्।

दुष्ट स्त्री 

खराब प्रवृत्ति भएको महिलालाई कहिल्यै विश्वास नगर्नुहोस्। यस्ता स्त्रीले तपाईंलाई हावा पनि लाग्न नदिई तपाईंलाई ठूलो हानि गर्न सक्छन्। साथै, उनीहरुले तपाईंको गल्ती बिना नै तपाईंलाई समस्यामा पार्न सक्छन्।

हिंसक तथा खतरनाक जनावर 

हिंसक तथा खतरनाक जनावरलाई कहिल्यै विश्वास नगर्नुहोस्। तपाईंले तिनीहरूलाई जति सेवा गर्नुहुन्छ वा माया गर्नुहुन्छ, तिनीहरूले तपाईंलाई कुनै पनि समयमा हानि गर्न सक्छन्।

नदीको गहिराई र गति 

नदीको गहिराई र बहावको बारेमा अलिकति पनि गलतफहमीले तपाईंलाई कालको चपेटामा पठाउन सक्छ। त्यसैले यस मामिलामा कुनै गल्ती नगर्नुहोस्।

प्रकाशित : बिहिबार, जेठ १२, २०७९१६:०३

१४१ दिन उथलपुथल मच्चाउँदै दुष्ट ग्रह, यी ३ राशिलाई हुनेछ अत्यन्त अशुभ !