१४१ दिन उथलपुथल मच्चाउँदै दुष्ट ग्रह, यी ३ राशिलाई हुनेछ अत्यन्त अशुभ !

आगामी १० दिन ज्योतिष शास्त्रको दृष्टिकोणले निकै महत्वपूर्ण रहेको छ। शनि जयन्ती महिनाको अन्त्यमा मे ३० तारिखमा परेको छ। यसपटक ३० वर्षपछि शनि जयन्तीका दिन शनि ग्रहले आफ्नै राशि कुम्भमा बसेर दुर्लभ संयोग बनाउँदैछ। योसँगै ५ जुनमा शनि ग्रह उल्टो चाल चल्न थाल्नेछ। शनि अक्टोबर २३ सम्म प्रतिगामी रहनेछ र यसले १४१ दिनसम्म सबै राशिहरूमा ठूलो प्रभाव पार्नेछ। विशेषगरी ३ राशिका व्यक्तिका लागि शनिको प्रतिगामी चाल कत्ति पनि राम्रो छ भन्न मिल्दैन। यस समयमा यी राशिका व्यक्तिहरूले धेरै होसियार हुनुपर्छ।

वृष राशि 

वृष राशिका व्यक्तिहरूलाई प्रतिगामी शनिले कष्ट दिन सक्छ। यो समयमा आर्थिक हानि हुन सक्छ। लगानी नगर्नु राम्रो हुन्छ अन्यथा समस्यामा पर्न सक्छ। प्रतिगामी शनिले दाम्पत्य जीवनमा पनि प्रभाव पार्नेछ। घरमा झगडा हुन सक्छ। तनाव, असमझदारी बढ्नेछ।

कर्कट राशि 

कर्कट राशिका मानिसहरूलाई यो समय धेरै समस्या पर्न सक्छ। दुर्घटना तथा चोटपटकको सिकार हुन सक्छ, त्यसैले सवारी चलाउँदा सावधानी अपनाउनुहोस्। आर्थिक स्थितिमा नराम्रो प्रभाव पर्न सक्छ वा आम्दानीमा कमी आउन सक्छ। यस समयमा गरेको काम पनि बिग्रन सक्छ, त्यसैले यस समयमा ठूला निर्णयहरू नगर्नुहोस्। खर्च नियन्त्रण पनि धेरै महत्त्वपूर्ण छ।

मकर राशि 

मकर राशिका मानिसहरु शनिको साढे सातीबाट पीडित छन्। यस्तो अवस्थामा शनिको प्रतिगामी अवस्था उनीहरुका लागि राम्रो हुँदैन। यो समयले उनीहरुको करियरमा नराम्रो असर पर्न सक्छ। करियरमा बाधा र समस्याको सामना गर्नु पर्नेछ। धन हानि पनि हुन सक्छ। समग्रमा, यो समय धैर्य र संयमका साथ बिताउनु पर्छ।

प्रकाशित : बिहिबार, जेठ १२, २०७९१७:११

१ वर्षसम्म अत्यन्त शुभ रहन्छ यी ४ राशिलाई केतु, बढ्नेछ मान-प्रतिष्ठा !