१ वर्षसम्म अत्यन्त शुभ रहन्छ यी ४ राशिलाई केतु, बढ्नेछ मान-प्रतिष्ठा !

केतु ग्रहले १२ अप्रिल २०२२ मा तुला राशिमा प्रवेश गरेको थियो। अब अर्को वर्ष अक्टोबर ३०, २०२३ सम्म केतु यसै राशिमा रहनेछन्। सामान्यतया केतुको कुरा सुनेर मानिसमा नकारात्मकताको अनुभूति हुन्छ तर केतुले शुभ फल पनि दिन्छ। सधैँ प्रतिगामी गतिमा रहने केतुले आफ्नो कुण्डलीमा शुभ स्थितिमा रहेका व्यक्तिहरूलाई अपार धन, मान र सम्मान प्रदान गर्दछ। जान्नुहोस् आगामी वर्षको अक्टोबर महिनासम्मको यो समय कुन-कुन ४ राशिका लागि निकै राम्रो रहनेछ।

कर्कट राशि 

कर्कट राशि हुनेहरुका लागि यो समय राम्रो रहनेछ। उनीहरुको रोकिएको काम पुरा हुनेछ। कुनै ठूलो परिवर्तन हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको पदोन्नती हुने सम्भावना उच्च रहेको छ। फरक पहिचान बनाउन सक्नुहुन्छ।

सिंह राशि 

तुला राशिमा केतुको गोचर सिंह राशिका लागि निकै शुभ रहनेछ। साहस, पराक्रम बढ्नेछ। लिडर रूपमा सक्रिय हुनुहुनेछ। ठूलो जिम्मेवारी पाउन सकिनेछ। धन लाभ हुनेछ। आर्थिक अवस्था बलियो रहनेछ।

तुला राशि 

तुला राशिका लागि यो केतु गोचर शुभ मानिन्छ। यी व्यक्तिहरूले नयाँ काम पाउन सक्छन्। आर्थिक अवस्था राम्रो रहनेछ। धन लाभ हुनेछ। एकभन्दा बढी माध्यमबाट आम्दानी हुनेछ। यस्ता व्यक्ति जो अविवाहित छन्, उनीहरुले यो समयमा विवाह गर्न सक्छन्।

वृश्चिक राशि 

केतुको गोचर अवधिले वृश्चिक राशि हुनेहरूलाई राम्रो फल दिनेछ। शत्रु परास्त हुनेछन्। काममा प्रगति हुनेछ। कार्यक्षेत्रमा पदोन्नति तथा तलब वृद्धि हुन सक्छ। व्यापारीलाई पनि फाइदा हुनेछ। जीवनमा सुख रहिरहनेछ।

प्रकाशित : शुक्रबार, जेठ १३, २०७९१०:३०

साढे २ वर्ष कुम्भ राशिमा रहनेछ शनि, यस राशिको बढ्नेछ कष्ट !