जब ओलीले सरकार विरुद्ध लगातार तीन घण्टा सम्म बोले …

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा आफ्नो धारणा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नेपालको संविधानले सुनिश्चित गरेको पञ्चशीलमा आधारित असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिविपरीत गठबन्धन सरकारले असन्तुलित र छद्मवेशी नीति सञ्चालन गरिरहेको आरोप लगाएको छ ।

एमाले बिहीबार संसद्मा गठबन्धन सरकारको परराष्ट्र नीति सञ्चालनमा असन्तुष्टि जनाउँदै नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन, लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा चिनियाँ परियोजना बीआरआईलगायत भारत, चीन तथा अमेरिकासँग जोडिएका विषयहरूमा सरकारसँग जवाफ मागेको छ ।

बिहान करिब ११ः१५ मा रोस्टममा पुगेर सभामुख अग्नि प्रसाद सापकोटासँग अस्वस्थताको कारण देखाउँदै बसेर बोल्ने अनुमति मागेर बोलेका एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डै तीन घण्टासम्म सरकारविरुद्ध आक्रोश पोख्नुभएको थियो ।

उहाँले अमेरिकी विदेश उपमन्त्री उज्रा जियाले सरकारी स्कर्टिङमै तिब्बती शरणार्थी शिविरका साथै विभिन्न गुम्बा गएकोमा आपत्ति जनाउँदै भन्नुभयो–‘म नेपालकै हुम्लाको भूमि लिमा जाँदासमेत प्रशासनबाट अनुमति लिनुपर्ने, अमेरिकी मन्त्रीलाई शरणार्थी भेट्न चाहिँ कसले इजाजत दियो ?’ उहाँले चीनको नाम नलिकनै छिमेकीको संवदेनशीलता र मर्मलाई बेवास्ता नगर्न चेतावनी दिँदै यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सम्बोधनमा स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभयो ।

नीति तथा कार्यक्रममा भारतको कब्जामा रहेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी उल्लेख नगरी तथ्य र प्रमाणका आधारमा सीमा विवाद समाधान गर्ने र मिचिएको भूमि फिर्ता ल्याउने मात्रै उल्लेख गरिएको भन्दै ओलीले प्रश्न गर्नुभयो–‘नेपाली नक्सामै समावेश गरिसकेको लिम्पियाधुरा, लिपुलेक र कालापानी लेख्न किन डराएको ?’ओलीले संसद्मा नीति तथा कार्यक्रममा चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे कुनै उल्लेख नगरेको टिप्पणी गर्दै बीआरआईसम्बन्धी नेपालको नीति के हो ? भन्दै जवाफ माग्नुभयो ।

बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीबाट फिर्ता लिएकोमा आक्रोश व्यक्त गर्दै एमाले अध्यक्ष ओलीले तत्कालीन कांग्रेस–माओवादी सरकारले नै उक्त आयोजना चिनियाँ कम्पनीलाई दिएको र आफूले सहजीकरण मात्रै गरिदिएको दाबी गर्नुभयो । उहाँले बुढीगण्डकी नेपालले आफंै बनाउने कुरा गफ मात्रै भएको टिप्पणीसमेत गर्नुभयो ।

चुनावको समीक्षादेखि नीति तथा कार्यक्रमका विविध विषयमा आफ्नो धारणा राखेका ओलीले स्थानीय निर्वाचनमा सत्ता पक्षले जनतालाई धम्क्याएको, बम पड्काएको र निष्पक्ष रूपमा चुनाव नगरेको आरोप लगाउनुभयो । राज्यस्रोतको चरम दुरूपयोग गरेर एमालेलाई सिध्याउन खोजे पनि एमाले नै लोकप्रिय मत पाउने पार्टी बनेको दाबी गर्दै उहाँले सत्तापक्ष नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनका नेताहरूमाथि कटाक्ष गर्नुभयो । नीति तथा कार्यक्रम खल्लो भएको, एमालेकै कार्यक्रमहरू दोहो¥याइएको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले नीति तथा कार्यक्रम जस्ताको तस्तै पारित गर्न नहुने बताउनुभयो ।

प्रकाशित : शुक्रबार, जेठ १३, २०७९०८:३३

रियललाई लिभरपुल कप्तानको चेतवानी – ‘लिभरपुल पहिला जस्तो छैन’