रियल समर्थकको सुझाव – ‘लिभरपुल हार्छ, बेकार खर्च नगर, घरमा रुँदै सुत’

एजेन्सी – च्याम्पियन्स लिगको फाइनलमा आज राति प्रिमियर लिग क्लब लिभरपुल र लालिगा च्याम्पियन रियल म्याड्रिड आमने-सामने हुँदैछन्। सन् २०२१-२२ को सिजनमा उच्च लयमा रहेका युरोपका दुई ठूला टोली आमने-सामने हुँदा विश्वभरका फुटबल पारखीहरुको ध्यान सो खेलमा छ।

पेरिसमा राति १२ः४५ बजे हुने फाइनलमा लिभरपुल २०१८ मा भोगेको हारको बदला लिने योजना सहित मैदानमा उत्रँदा रियल इतिहाँस दोहोर्याउने दाउमा हुनेछ। च्याम्पियन्स लिगको फाइनलमा रियलसँग हुने खेललाई लिभरपुलका खेलाडी तथा समर्थकहरुले बदला लिने अवसरको रुपमा हेरेका छन्।

लिभरपुलका धेरै खेलाडीहरुले रियल विरुद्ध बदला लिने अवसरलाई खेर जान नदिने सार्वजनिक रुपमै बताइसकेका छन्। त्यस्तै सामाजिक संजालमा पनि लिभरपुलका समर्थकहरुको यस्तै टिप्पणी देख्न मिलिरहेको छ।

सामाजिक संजालमा रियल र लिभरपुल समर्थकहरु एकअर्कालाई रोचक प्रहार पनि गरिरहेका छन्। सामाजिक संजालमा एक प्रयोगकर्ता लिभरपुल समर्थकलाई रियलले जित्ने पक्का रहेको हुँदा टिकेटमा खर्च नगर्न सुझाव दिरहेका छन्। खेल टेलिभिजनमै हेरेर टिकेट खर्च, हवाई भाडा तथा होटेल खर्च बढाउन लिभरपुल समर्थकलाई उनको सुझाव छ।

“रियल म्याड्रिड र लिभरपुल ठूला टोली हुन् तर म लिभरपुलका फ्यानहरूलाई एउटा राम्रो सल्लाह दिन्छु – किन टिकट किन्नु हुन्छ? (किन) होटेल बुक गर्दै हुनुहुन्छ? (किन) एयर टिकट बुक गर्नुहुन्छ? किन? घर जानुहोस् र टिभीमा हेर्नुहोस्। बेकार किन खर्च गर्नु हुन्छ ?”,एक रियल समर्थक सामाजिक संजालमा लेख्छन्।

प्रकाशित : शनिबार, जेठ १४, २०७९१३:५१

सलाह भन्छन् – ‘सन् २०१८ म घाइते नभएको भए रियल हार्थ्यो, हामी च्याम्पियन हुन्थ्यौं’