सलाह भन्छन् – ‘सन् २०१८ म घाइते नभएको भए रियल हार्थ्यो, हामी च्याम्पियन हुन्थ्यौं’

एजेन्सी – लिभरपुलका विङ्गर मोहम्मद सलाह आफू घाइते नभएको सन् २०१८ को च्याम्पियन्स लिगको नतिजा फरक हुन्थ्यो भन्ने विश्वास गर्छन्। एक अन्तर्वार्ताका क्रममा सलाहले आफू घाइते नभएको भए सन् २०१८ मा लिभरपुल च्याम्पियन्स लिग च्याम्पियन्स बन्न सक्ने बताएका हुन्।

म्यानचेस्टर युनाइटेड लिजेन्ड रियो फर्डिनान्डसँग बीटी स्पोर्टका लागि कुराकानी गर्नेक्रममा सलाहले आफू घाइते भएर खेल्न नसक्दा टोलीलाई नकारात्मक असर परेको बताए।

“हो, मलाई लाग्छ त्यो समयमा म घाइते नभएको भए हामी च्याम्पियन्स बन्न सक्थ्यौं। तर म्याड्रिड म्याड्रिड हो। रियल अविश्वसनीय टोली। उनीहरु यस प्रतियोगिताको इतिहासमा सधैं उत्कृष्ट टोली रहे। तिनीहरू सधैं कसरी जित्ने भनेर जान्दछन्। तर मलाई अझै पनि लाग्छ सो खेलमा म पूरा खेल्न सकेको भए हामी खेल जित्न सक्थ्यौं।”,सलाहले भने।

सन् २०१८ को च्याम्पियन्स लिग फाइनलमा लिभरपुल र रियल म्याड्रिड आमने-सामने भएको थियो। सो खेलमा सलाह खेलको ३० औं मिनेटमा घाइते भएका थिए। रियल डिफेन्डर सर्जियो रामोससँग टकराव हुँदा सलाहको काँधमा चोट लागेको थियो।

सो खेलमा लिभरपुल माथि रियलले ३-१ को जित दर्ता गरेको थियो। लिभरपुल गोलरक्षक लोरिस कारियसको ठूलो गल्तीका कारण पनि रियलले उपाधि गुमाएको थियो।

रियल यस पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्नु भन्दा अगाडी देखि नै सलाह रियल फाइनलमा होस् भन्ने कामना गरिरहेका थिए। सलाहको चाहना अनुसार नै रियल म्यानचेस्टर सिटी विरुद्ध उत्कृष्ट पुनरागमन गर्दै फाइनल प्रवेश गरेको थियो। सन् २०१८ को बदला लिने सलाहको योजना छ। उनको चाहना के कति पूरा हुन्छ आज राति नै थाहा हुनेछ।

प्रकाशित : शनिबार, जेठ १४, २०७९१४:५४

टुचेलको नजरमा प्रिमियर लिग जित्न यी पाँच क्लबबीच हुनेछ टक्कर , लिस्टमा युनाइटेड पनि !