टुचेलको नजरमा प्रिमियर लिग जित्न यी पाँच क्लबबीच हुनेछ टक्कर , लिस्टमा युनाइटेड पनि !

एजेन्सी – सन् २०२१-२२ को प्रिमियर लिग सकिएको छ। पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी योर्गेन क्लोपको लिभरपुललाई एक अंकले पछि पार्दै प्रिमियर लिग च्याम्पियन बन्यो। प्रिमियर लिगका ३८ मध्ये मात्रै दुई खेल पराजित हुँदा पनि लिभरपुलले सिटीलाई पछि पार्न सकेन। सिटीले ९३ अंक प्राप्त गर्दा लिभरपुलले ९२ अंक मात्र बनाउन सक्यो।

सन् २०२१-२२ को सिजनको अन्त्य भएसँगै सबै क्लब नयाँ सिजनका लागि नयाँ रणनीति बनाउन थालिसकेका छन्। नयाँ खेलाडी थप्ने देखि पुराना खेलाडीहरुलाई बिक्री गर्ने सम्मका योजनाहरु प्रिमियर लिग क्लबहरुसँग छन्।

प्रिमियर लिगको नयाँ सिजन शुरु हुनु अगाडी नै आउने सिजन प्रिमियर लिग उपाधिका लागि कुन-कुन क्लब बीच प्रतिष्पर्धा हुनेछ भन्नेबारे अहिले देखि नै चर्चा हुन थालिसकेको छ। प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक थोमस टुचेलको भनाईलाई मान्ने हो भने प्रिमियर लिग उपाधिका लागि आउने सिजन पाँच क्लब बीच प्रतिष्पर्धा हुनेछ।

एक अन्तर्वार्ताका क्रममा टुचेलले चेल्सी सहित पाँच टोली प्रिमियर लिग उपाधिका लागि प्रतिष्पर्धा गर्ने बताएका हुन्। उनका अनुसार प्रिमियर लिग उपाधिको दौडमा आउने सिजन म्यानचेस्टर युनाइटेड र टोटेनह्याम पनि जोडिनेछन्। हालको सिजन उपाधिका लागि प्रतिष्पर्धा गरेका चेल्सी, लिभरपुल र सिटी पनि उपाधि होडमा हुने टुचेलको अनुमान छ।

पत्रकारहरु समक्ष पाँच टोली बीच प्रतिष्पर्धा हुने बताएपनि उनले जारी सिजनमा धेरै राम्रो गरेको आर्सनललाई उपाधि होडमा जोड्न भने चाहेनन्। उनले आर्सनलको नामै लिएनन्।

प्रकाशित : शनिबार, जेठ १४, २०७९१६:२५

च्याम्पियन्स लिग फाइनल: जसले आफ्नो ब्याण्ड बजायो उसैको पक्षमा पोचेटिनो !