काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं. २०७९ जेठ १६ गते सोमबार हो। सोमबार जेठ महिनाको कृष्णपक्षको औँसी तिथि हो।
जेठ १६ गते ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका जातकले कठिनाईको सामना गर्नुपर्नेछ। सोमबारको दिन भगवान शिवलाई समर्पित हुन्छ। सोमबारको दिन भगवान शिवको विधि-विधानपूर्वक पूजा-अर्चना गरे मनोकामना पूरा हुने मान्यता रहेको छ। सोमबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –
जेठ १६ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – सोमबार (Monday)।।। नक्षत्र – कृत्तिका , ६:५८ बजे उप्रान्त रोहिणी ।।। तिथि – औंसी , १६:०१ बजे उप्रान्त प्रतिपदा ।।। करण – नाग १६:०१ बजेदेखि किंस्तुघ्न , २८:५१ बजे उप्रान्त वालव ।।। योग – सुकर्मा , २३:२९ बजे उप्रान्त धृति ।।। जेठ १६, २०७९, सोमबार ।।। ३० मे, सन् २०२२ ।।। औंसी, ज्येष्ठ कृष्णपक्ष ।।। बछलाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ५: ११ ।।। सूर्यास्त(sunrise) – १८:५३ ।।। कार्यक्रमहरू : सोमवारे औंसी, शनि जयन्ती ।।। शुभ साइत : – होम गर्ने साइत ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मन शान्त रहनेछ। रिसलाई आफूमाथि हाबी हुन नदिनु शुभ हुनेछ । काममा दाजुभाइको सहयोग मिल्नेछ । जागिरमा तलब बढ्ने सम्भावना छ । कला र संगीतमा झुकाव बढ्नेछ। अचल सम्पत्तिको कारोबार हुनेछ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

अनावश्यक विवादमा नलाग्नुहोस्। आम्दानी बढ्नेछ । जागिरमा स्थानान्तरण हुन सक्छ। खान-पानमा ध्यान दिनुको साथै आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

साथीभाइको सहयोगले व्यवसाय विस्तार हुनसक्छ । अन्तर्वार्तामा सफलता मिल्ने सम्भावना छ । स्वास्थ्यमा सजग रहनुहोला । व्यक्तिको लागि आजको दिन सामान्य रहनेछ। खर्च बढ्न सक्छ ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

धार्मिक कार्यमा मन लाग्नेछ। सन्तानको पक्षबाट केही शुभ समाचार प्राप्त हुन सक्छ। लामो यात्रामा जान सकिनेछ । व्यापार क्षेत्रमा सावधान हुन नसक्दा घाटा व्यहोनु पर्ने हुन सक्छ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

खर्च बढ्न सक्छ। आफैलाई नियन्त्रण गर्नुहोस्। भौतिक तथा आर्थिक सुख प्राप्त गर्न सकिनेछ । विपक्षीहरूबाट सावधान रहनुहोस्। आर्थिक लेन-देनमा सावधानी अपनाउनु होला ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सानो मिहिनेतले ठूलो धनराशी ल्याउन सक्छ। नयाँ कामको थालनी गर्दा अग्रज व्यक्तिको सल्लाह लिनु उचित हुनेछ । आवश्यक कार्य सम्पन्न हुनेछन् । मन प्रसन्न रहनेछ ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

आत्मविश्वास बढ्नेछ। कार्यक्षेत्रमा पदाधिकारीहरुको सहयोग रहनेछ । मन कुनै पनि कुराले विचलित हुन सक्छ। कपडा तथा गरगहनाप्रति आकर्षण बढ्नेछ । सवारी साधन चलाउदा सावधानी अपनाउनु होला ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

आफ्नो क्रोध नियन्त्रण गर्नुहोस्। मनमा आशा र निराशाको भावना आउन सक्छ। पारिवारिक समस्याको सामना गर्नु पर्नेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

परिवारमा कुनै धार्मिक कार्यक्रम आयोजना गर्न सकिनेछ । कार्य क्षेत्रमा साथीभाइको सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ। जागिरमा पदोन्नति पाउन सकिनेछ । कामको उचित मुल्यांकन हुनेछ ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
![]()
कला संगीतमा रुचि बढ्नेछ। कुनै पनि पारिवारिक सम्पत्तिबाट धन लाभ हुन सक्छ। जागिरमा स्थानान्तरणको सम्भावना रहेको छ । सवारी साधनबाट सुख मिल्न सक्छ ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

जागिर परिवर्तनका कारण परिवारका सदस्यहरूबाट टाढै बस्नु पर्नेछ। कार्य क्षेत्रमा आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। बाबुको स्वास्थ्यमा समस्या आउन सक्छ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

अनावश्यक खर्च बढ्न सक्छ। पुराना साथीभाइसँग सम्पर्क हुन सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। काममा उत्साह बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ । पैतृक सम्पत्तिबाट लाभ हुनेछ ।

