महानगरमा सार्वजनिक शौचालयको समस्या समाधान गर्न बालेनको नयाँ प्लान !

काठमाडौँ – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले नगरभित्रका होटलहरूका शौचालयहरूलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याउन सकिने बताएका छन्।

सोमबार महानगरको पहिलो नगरसभा बैठकमा साहले नगरभित्रका होटलहरूका शौचालयहरूलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सकिने बताए। नगरभित्रका होटलहरूसँग सहकारी गरेर सार्वजनिक शौचालयको समस्यालाई समाधान गर्न सकिने साहको भनाई छ।

बैठकका क्रममा साहले केही होटल तथा रेष्टुरेन्टहरुसँग आफ्नो कुरा भइसकेको र थप होटलहरूसँग पनि यसका लागि प्रस्ताव गरिने पनि जानकारी गराए। होटलको शौचालय प्रयोग गरेबापत सर्वसाधारणले पैसा तिर्नु नपर्ने गरी व्यवस्था मिलाइने साहको भनाई छ।

चिकेन स्टेशन, बर्गर हाउसलगायत रेस्टुरेन्टहरुसँग कुराकानी भइसकेको साहले बताए। साहका अनुसार गुगल म्यापमा सहकार्य भएका रेस्टुरेन्टहरूको लोकेसन पनि राखिने छ।

प्रकाशित : सोमबार, जेठ १६, २०७९१८:३५

बालेनले ओलीलाई भेटिसकेको खुलासा !