ज्योतिष शास्त्रको एक विद्या समुन्द्र शास्त्रका अनुसार शरीरका लक्षण, बनावट, अनुहारको आकार आदिबाट व्यक्तिको व्यक्तित्व र भविष्य बताइन्छ। सामुद्रिक शास्त्रको जातकभ्रमण ग्रन्थका अनुसार शरीरको संरचनाबाट भविष्यको बारेमा पनि धेरै कुरा थाहा पाउन सकिन्छ, भाग्य कहिले पल्टिनछ र कहिले ‘राजयोग’ प्राप्त हुन्छ। हो, यो याद राख्नु पर्ने कुरा हो कि राजयोग बनाउने शुभ संकेत महिलाको देब्रेपट्टि र पुरुषको दाहिनेतर्फ हुन्छ। जानौं कि जुन महिलाको शरीरमा यी शुभ चिन्हहरू हुन्छन् तिनीहरू नै वास्तविक लक्ष्मी स्वरूप हुन्छन्।

- महिलाको देब्रे हातको हत्केलाको बिचमा तिल, झण्डा, माछा, वीणा, चक्र वा कमल जस्ता चित्र बनेमा उक्त महिलालाई लक्ष्मी समान मानिन्छ। यस्ता महिलाहरू जहाँ गए पनि धन र सुख प्राप्त गर्छन्।
- खुट्टामा चक्र बाहेक कमल, बाण, रथ वा सिंहासन जस्ता चिन्ह भएकी महिलाले जीवनभर जग्गा, भवन जस्ता सबै सुखसुविधा पाउँछन्। अर्थात् उनी लक्ष्मीको रूप हुन्।
- दुबै आँखे भौंको बीचमा शंखको आकार देखिने महिला धेरै भाग्यशाली र लक्ष्मी स्वरूपा हुन्छन्।

- गहिरो नाभि भएकाहरू सौन्दर्य प्रेमी, रोमान्टिक र मिलनसार हुन्छन्। उनीहरुले सुन्दर जीवनसाथी पाउँछन्। लामो र गोलो नाभि हुने महिलाहरु आत्मविश्वासी र आत्मनिर्भर हुन्छन्। गोलाकार नाभि भएकाहरू आशावादी, बुद्धिमान र दयालु हुन्छन्। यस्ता महिलाको दाम्पत्य जीवन सुखमय बित्छ। जसको नाभिको वरिपरि वा तल कोठी हुन्छ, उनीहरु आफ्नो परिवारको लागि धेरै भाग्यशाली हुन्छन्।
- जो महिलाको दाहिने आँखा वा घाँटीको बीचमा कोठी हुन्छ, उनीहरुलाई भाग्यमानी मानिन्छ। साथै उनीहरुको दाम्पत्य जीवन सुखमय रहन्छ।
- जुन महिलाको खुट्टाको औंलाहरु बराबर हुन्छन्, त्यस्ता महिलाले हरेक घरमा सुख ल्याउँछिन्।

- नाभिको वरिपरि वा तल मुनि कोठी हुने महिलाहरु आफ्नो परिवारका लागि धेरै भाग्यशाली मानिन्छन्, उनीहरुको जीवन सुखमय र सम्पन्न हुन्छ।
- जसको खुट्टाको औंला फराकिलो, गोलाकार र रातो रङको हुन्छ, त्यो महिला निकै भाग्यमानी हुन्छिन्।
- निधारमा त्रिशूल चिन्ह हुने महिलालाई भाग्यमानी मानिन्छ।

- जसको अनुहारको दाहिने भागमा कोठी हुन्छ उनीहरु धनी हुन्छन्। उनीहरुको दाम्पत्य जीवन सुखमय हुन्छ।
- निधारको बिचमा कोठी हुने महिला पनि लक्ष्मी समान हुन्छन्। उनीहरुले जीवनमा धेरै पैसा कमाउँछन् वा उनी गएको घरमा सम्पत्ति ल्याउँछिन्।
- जसको निधार तीन औँलाभन्दा फराकिलो, आधा चन्द्रमाको आकार, नरम हुन्छ भने त्यस्ता युवतीलाई भाग्यमानी मानिन्छ।

- नाकको टुप्पोमा कोठी हुने महिलालाई धेरै भाग्यशाली मानिन्छ। नाकको टुप्पोमा रहेको कोठीलाई धन र समृद्धिको प्रतीक मानिन्छ।
- शुक्र पर्वत र बृहस्पति पर्वतको हत्केलामा उठेको हुने महिलाहरू पनि आफ्नो पतिको लागि भाग्यशाली मानिन्छन्।

