भित्र-भित्र कम्युनिष्ट नेताहरुको गोप्य बैठक, लुसुक्क वामगठबन्धनको प्रयास !

kf6L{ PsLs/0f 3f]if0ff sfo{qmddf /fli6«o ;efu[x sf7df8f}Fdf laxLaf/ g]kfn sDo'lgi6 kf6L{sf] PsLs/0f 3f]if0ff sfo{qmddf cWoIfåo s]kL zdf{ cf]nL / k'iksdn bfxfnnufot g]tfx? . t:jL/ M gjLg kf}8]n, /f;;

काठमाडौँ – स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका छन्। खासगरी एमालेले यसको अगुवाइ थालेको छ। तर माओवादी केन्द्र र एमालेबाट विभाजन भएर बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले एमालेलाई विश्वास गर्न सकिरहेका छैनन्।

विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी केन्द्र आफ्नै कारणले विभाजित भए। अहिले स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि सबैका कमजोरी औंल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महसुस गरेका यी तीन दलबीच विश्वासको अभाव भने खट्किएको छ। ‘भित्रभित्रै वाम गठबन्धनको कुरा चलेको मात्र होइन, गम्भीर छलफल भएको छ तर नेताहरूबीच विश्वासको अभाव देखिएको छ’, एमालेका एक पदाधिकारीले भने।

पछिल्लो समय प्रमुख विपक्षी एमालेले पाँचदलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको छ। संसदीय निर्वाचनअघि नै वाम गठबन्धनको प्रस्ताव अघि बढेमा एमाले सकारात्मक हुने सन्देश माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसम्म पुगेको छ। ‘वाम गठबन्धन प्रस्ताव प्रत्यक्ष वा अप्रत्यक्ष दुवै रुपमा आएका छन् तर ती विश्वासयोग्य छैनन्’, नेकपा एसका अध्यक्ष नेपाल निकट स्रोतले भन्यो।

स्रोतका अनुसार एमालेबाट त्यस्तो प्रस्ताव आउनु नयाँ कुरा होइन। तर त्यो कुनै पनि अर्थमा विश्वास आर्जन गर्नेखालको छैन, बुझाैँ न त के रहेछ भन्ने तहबाट प्रस्ताव आएको हो। ‘विषयवस्तुको उठान गम्भीर ढंगले भएजस्तो लाग्दैन। निर्वाचनपछि केहीकेही विषयमा छलफल अघि बढ्न सक्छ भन्ने हामीलाई पहिला नै लागेको थियो। अहिले त्यही भएको छ। यसलाई सर्वथा नौलो र आश्चर्यको विषय मान्नु हुँदैन’, नेपाल निकट स्रोतले भन्यो।

यही जेठ ११ मा एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेसँगै वामगठन्धनको प्रस्ताव पनि आएको हो। दुई नेताबीचको भेटपछि एमाले–जसपा सहकार्यको चर्चा चल्न थालेको छ। पाँचदलीय गठबन्धनको बैठकमा स्थानीय निर्वाचनमा कांग्रेसका नेता–कार्यकर्ताले अन्य घटकका उम्मेदवारर्ला सोचेजति सहयोग नगरेको विषयमा छलफल भएको थियो। सत्ता गठबन्धनको सोमबार बसेको बैठकमा निर्वाचनसम्बन्धी समीक्षा गर्दा कांग्रेसले सहयोग नगरेको विषयले प्राथमिकता पाएको थियो।

यही गठबन्धनलाई निरन्तरता दिँदा स्थानीय निर्वाचनमा जस्तै आउँदो संसदीय निर्वाचनमा पनि कांग्रेसबाट असहयोग होला कि भन्ने डर माओवादी र नेकपा एसलाई छ। एमालेलाई निर्वाचनमार्फत संघीय सरकारमा पुग्न संसदीय निर्वाचन जित्नैपर्ने आवश्यकता छ। तर वर्तमान सत्ता गठबन्धन कायम भए एमालेको त्यो सपना पूरा नहुन सक्छ। त्यसै भएर सत्ता गठबन्धनबाट माओवादी केन्द्र र नेकपा एसलाई अलग गराएर वाम गठबन्धन गर्नुपर्ने बाध्यतामा एमाले छ। यसैकारण भित्रभित्रै वाम गठबन्धनको विषयमा छलफल अघि बढाइएको हो।

माओवादी एक नेताका अनुसार स्थानीय निर्वाचन परिदृष्यले संसदीय निर्वाचनमा नेताहरूबीच गठबन्धन भए पनि कार्यकर्ताले तोड्नसक्ने अवस्था देखाएको छ। ‘अहिले पनि कांग्रेसभित्र दुईवटा खेमा स्पष्ट देखिन्छ। एउटा खेमाले गठबन्धनबिना नै निर्वाचनमा जानुपर्छ भनिरहेको छ। यो खेमाले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार उठाएको देखियो, बागीले जितेका स्थानमा कांग्रेसका केन्द्रीय नेताहरू नै विजय जुलुसमा सहभागी भएको देखियो।

संघ र प्रदेशको निर्वाचनमा यो क्रम ज्यादै तीव्र हुने देखिन्छ। यसकारण पनि वाम गठबन्धनको आवश्यकता महसुस भएको हो’, माओवादी केन्द्र स्थायी समितिका एक सदस्यले भने। ती सदस्यका अनुसार वाम गठबन्धनको आवश्यकता भए पनि एमाले गम्भीर नहुँदासम्म सम्भव छैन।

स्थानीय तह निर्वाचनपछि जसपा अध्यक्ष यादव सत्ता गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग असन्तुष्ट छन्। यसैक्रममा एमाले अध्यक्ष ओलीले यादवसँग भेट गरेका थिए। ओलीले भेट गरेलगत्तै एमालेका नेताहरूले तत्कालै जसपासँग सहकार्य हुने सम्भावना नभएको बताएका छन्। एमालेका नेताहरूले तत्काल माओवादी केन्द्र र नेकपा एससँग पनि सहकार्य हुने सम्भावना नभएको बताउँदै आएका छन्।

तर एमाले, माओवादी र नेकपा एसका नेताहरूले स्थानीय तहमा वाम पार्टीको उपस्थितिका विषयमा पनि विश्लेषण गरिरहेका छन्। स्थानीय तहमा कांग्रेसले विभिन्न पालिकाका गरी तीन सय २९ प्रमुख/अध्यक्ष पदमा जित निकालेको छ। एमालेले दुई सय ५ पालिकामा प्रमुख/अध्यक्ष र नेकपा माओवादी केन्द्रले १ सय २१ पालिकामा प्रमुख/अध्यक्ष पद जितेको छ। नेकपा एसले एक महानगरपालिका एक उपमहानगरपालिकासहित २० प्रमुख/अध्यक्ष पदमा जित निकालेको छ।

प्रकाशित : बुधबार, जेठ १८, २०७९०८:४१

वीरले किनेको टोमोथेरापी प्रयोगबिनै फिर्ता हुने भयो अमेरिका !