ताल परे कांग्रेसलाई पनि नछाड्ने प्रचण्डको घोषणा, अहंकार देखाए ठोकिदिने !

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दम्भ नत्यागेको खण्डमा नेपाली कांग्रेसलाई पनि तह लगाउने चेतावनी दिएका छन्। बुधबार नेकपा माओवादी केन्द्रले आयोजना गरेको जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले आवश्यक परेको खण्डमा नेपाली कांग्रेसलाई पनि तह लगाउन आफूहरु तयार रहेको बताएका हुन्।

कार्यक्रममा बोल्दै प्रचण्डले अहंकार र दम्भले कसैलाई राम्रो गर्दैन भन्ने कुरा नेपाली कांग्रेसले ध्याल गर्नुपर्ने प्रचण्डले बताए। त्यसक्रममा प्रचण्डले एमालेलाई तह लगाएको दावी गर्न छुटाएनन्।

“कांग्रेसले पनि एमालेले जस्तै दम्भ देखायो भने ठेगान लगाइदिन्छौँ। अहंकार र दम्भले कसैलाई राम्रो गर्दैन ख्याल गरे हुन्छ। कांग्रेस फेरि एमाले जस्तै अहंकारी हुने हो कि भनेर देशभरबाट हामीलाई रिपोर्ट आइरहेको छ। हामी त क्रान्तिकारी हौँ, अहंकार र दम्भ आयो भने हामी कांग्रेसलाई पनि ठोक्दै जान्छौँ।”,प्रचण्डले भने।

प्रचण्डले कांग्रेसले घमण्ड देखाउन नहुने विषयमा गठबन्धनको बैठकमा आफूहरुले कुरा राखिसकेको पनि बताए। गठबन्धनलाई अगाडी लिएर जाने हो भने कांग्रेसले अहंकार त्याग्नुपर्ने प्रचण्डको भनाई छ।

उनले भने,”हामीले बालुवाटारको गठबन्धन बैठकमा गम्भीर ढंगले यसबारे कुरा उठाइदिएका छौँ। यो गठबन्धनलाई लिएर जाने नै हो। तर कांग्रेसमा अहंकार नआओस्। माओवादीलाई तह लाउने भनेर कांग्रेसले घमण्ड नदेखाओस्। अहिले हामीले जितेका १२२ पालिका अब हाम्रा आधार इलाका हुनुपर्यो।”

प्रकाशित : बुधबार, जेठ १८, २०७९१६:४०

बालकोट पछि बालुवाटारमा बालेनको इन्ट्री ! देउवाले भने – ‘चमत्कार नै गर्नुभयो’