बालकोट पछि बालुवाटारमा बालेनको इन्ट्री ! देउवाले भने – ‘चमत्कार नै गर्नुभयो’

काठमाडौं,  प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह बालुवाटार पुगेका छन् ।

बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले बुधबार प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् । मेयरमा निर्वाचित भएकोमा शाहलाई प्रधानमन्त्री देउवाले बधाई दिएका थिए ।

‘शाहलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले तपाईंले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ भन्नुभयो,’ बालेनका सहयोगी कुमार व्यञ्जनकारले बालेनलाई उदृद गर्दै भने ।

काम पर्दा आफूलाई २४ घन्टा सम्झन बालेनलाई प्रधानमन्त्रीले आग्रह गरेको उनले बताए । प्रधानमन्त्री देउवासँग बालेनले आफूलाई विश्वास र साथ दिन आग्रह गरेका थिए ।

“मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ। कार्यपालिकामा नि कांग्रेसको बहुमत छ विकासको काममा सहयोग हुनेछ।”,भेटघाटका क्रममा देउवाले भनेका थिए ।

शाहले कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । शाहले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेका थिए । निर्वाचित घोषणा हुन अघि उनी बालकोट पुगेका थिए ।

प्रकाशित : बुधबार, जेठ १८, २०७९१८:२३

प्रचण्डको धम्कीले कांग्रेसमा खैला-बैला, राम चन्द्रले दिए काउन्टर !