दुई दिनमा दुई मित्र ग्रहको ठूलो परिवर्तन, ४ राशिमा रहनेछ माता लक्ष्मीको विशेष कृपा !

ज्योतिषशास्त्रमा केही ग्रहहरूलाई अनुकूल ग्रहको दर्जा दिइएको छ। कतिपय ग्रहहरु यस्ता छन् जो एकअर्कासँग शत्रुताको भावना राख्छन्। आज हामी यहाँ दुई अनुकूल ग्रह बुध र शनिको बारेमा कुरा गर्नेछौं। जसले जुन महिनामा आफ्नो चाल परिवर्तन गर्दैछन्। जुन ३ तारिखमा बुध वृष राशिमा र जुन ५ मा शनि कुम्भ राशिमा गोचर हुनेछ। एकातिर बुध ग्रहलाई बुद्धि, वाणी र तार्किक सोचको कारक मानिएको छ भने अर्कोतर्फ शनिलाई कर्मदाताको रुपमा लिइन्छ। जान्नुहोस् यी दुई ग्रहको परिवर्तनबाट कुन ४ राशिले अत्याधिक लाभ प्राप्त गर्नेछन्।

मेष राशि 

बुध मार्गी हुनु र शनि प्रतिगामी हुनु यस राशिका लागि शुभ साबित हुनेछ। यो समय तपाईंका लागि धेरै रमाइलो समय रहनेछ। घरपरिवारको सहयोग मिल्नेछ। पुराना विवाद सुल्झिनेछ। काम, करियर र व्यापारमा सफलता मिल्नेछ। आर्थिक अवस्था उत्कृष्ट रहनेछ।

मिथुन राशि 

यो राशिका मानिसहरुका लागि समय निकै शुभ रहेको छ। करियरमा कसैको सहयोग मिल्नेछ। पुरानो रोगबाट छुटकारा पाउन सकिन्छ। हरेक काममा भाग्यको साथ मिल्नेछ। मिहिनेतले विभिन्न क्षेत्रमा सफलता हात पार्न सकिनेछ।

धनु राशि 

यस राशिका व्यक्तिहरूलाई शनि र बुधको परिवर्तनशील चालबाट लाभ मिल्नेछ। सरकारी जागिरको तयारीमा लागेका विद्यार्थीहरूका लागि समय अनुकूल छ। काम गर्ने व्यक्तिहरूले कार्य क्षेत्रमा सफलता र पदोन्नतिको अवसर प्राप्त गर्नेछन्। विवाहितहरुले शुभ समाचार पाउन सक्नेछन्।

कुम्भ राशि 

शनिको प्रतिगामी र बुधको मार्गी यस राशिका व्यक्तिका लागि शुभ साबित हुने देखिन्छ। जसको फलस्वरूप यस राशिका व्यक्तिहरुलाई करियरमा शुभ फल प्राप्त हुनेछ। सरकारी जागिरका लागि तयारी गरिरहेका व्यक्तिले राम्रो नतिजा हात पार्ने सम्भावना छ। व्यापार व्यावसायमा पनि नाफा कमाउने प्रशस्त अवसरहरु छन्।

प्रकाशित : बिहिबार, जेठ १९, २०७९१६:५०

भोलिको दिन बन्दै यस्ता ४ शुभ योग, यसो गर्दा मिल्छ गणेश जीको विशेष कृपा !