मेस्सीले मच्चाएको तहल्काको रोनाल्डोले देलान् त जवाफ ? कुन च्यानलमा हेर्ने पोर्चुगलको लाइभ खेल ?

क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले युइएफए नेसन्स लिगको पहिलो खेलमा आज राति स्पेनको सामना गर्दैछ। बिहीबार सेभिलको एस्टाडियो बेनिटो भिल्लामारिनबाट २०२२-२४ युइएफए नेसन्स लिगको लिग ए समूह २ मा रहेका यी दुई टोली आमने-सामने हुन लागेका हुन्।

प्रतियोगिताको अन्तिम संस्करणमा फ्रान्ससँग फाइनलमा हार्दै उपविजेता बनेको स्पेनसँग यस खेलमा १७-६ को समग्र अग्रता रहेको छ। १५ खेल भने बराबरीमा सकिएको छ। आफ्नो घरेलु मैदानमा हुने खेलमा जित हात पर्दै वर्षको अन्त्यमा हुने विश्वकपका लागि राम्रो तयारी गर्ने लुइस एनरिकको टोलीको दाउ रहेको छ।

२०१८-१९ नेसन्स लिगको विजेता, पोर्चुगलले गत वर्ष प्ले-अफ गुमायो र युरो २०२० मा राउन्ड अफ १६ बाट बेहोर्दा प्ले-अफ मार्फत कतार २०२२ को लागि टिकट बुक गरेको छ। यस्तोमा, आजको खेलमा जित हात पार्दै दुबै टोली राम्रो लयका साथमा विश्वकपमा जाने तयारीमा रहेका छन्।

उक्त खेल नेपाली समय अनुसार आज राति १२:३० बाट सुरु हुनेछ। कुनै पनि नेपाली च्यानलले यस खेलको प्रत्यक्ष प्रसारण नगर्ने भएकोले नेपालीहरुले स्पेन र पोर्चुगल बीचको खेल भारतीय च्यानल सोनी टेन १ मा लाइभ हेर्न सक्छन्।

प्रकाशित : बिहिबार, जेठ १९, २०७९१६:५३

मेस्सीको अर्जेन्टिना र रोनाल्डोको पोर्चुगल: दुबैले विश्वकप जित्न सक्ने दिग्गज खेलाडीको दाबी !