एम्बाप्पे रियल नआएपछि फुर-फुर भए हाजार्ड, अब म्याड्रिडमा आगो लगाउने तयारी !

रियल मड्रिडका स्टार इडेन हाजार्डले किलियन एमबाप्पेले स्पेनको राजधानीमा नआउने गरेपछि राहत महसुस गरेको स्वीकार गरेका छन्। बेल्जियन स्टारले स्यान्टियागो बर्नाबेउमा एम्बाप्पेको आगमनले आफ्नो स्थानका लागि प्रतिस्पर्धा निकै कठिन हुने स्वीकार गरेका हुन्।

एम्बाप्पे पेरिस सेन्ट-जर्मेन (पीएसजी) सँगको सम्झौताको अन्त्य भएसँगै फ्री एजेन्टको रूपमा रियल म्याड्रिड जाने अपेक्षा गरिएको थियो। तर फ्रेन्च क्लबसँग आफ्नो सम्झौता सकेर सित्तैमा लस ब्लान्कोसमा आवद्ध हुनुको सट्टा, एमबाप्पेले पीएसजीसँग तीन वर्षको म्याद थपेर म्याड्रिडको आशामा चिसो पानी खन्याएका छन्।

जबकि म्याड्रिड समर्थक एम्बाप्पेको अन्तिम क्षणको यु-टर्नबाट निराश भएका छन्, हाजार्डले भने एमबाप्पेको असफल स्थानान्तरणलाई सकारात्मक रूपमा लिएका छन्। पूर्व चेल्सी स्टार रियल म्याड्रिडमा आफ्नो योग्यता प्रमाणित गर्न कटिबद्ध छन् र २३ वर्षीयाको आगमनसँगै उनको लक्ष्य खतरामा पर्ने सोचेका थिए।

बेल्जियमसँगको पत्रकार सम्मेलनमा हाजार्डले भने (Le10Sport मार्फत): “यो बरु राम्रो समाचार हो। स्थानहरूको लागि प्रतिस्पर्धा रियलमा पहिले नै कठिन छ, तर एमबाप्पेसँग, त्यो अझ कठिन हुने थियो। अब मैले प्रशिक्षकलाई देखाउनु पर्छ कि म तयार छु, म खेल्न सक्छु। तर मेरो शल्यक्रिया पछि, म राम्रो महसुस गर्छु। चीजहरूलाई हेर्ने मेरो तरिकामा केहि परिवर्तन हुनेछैन। यसै कारणले पनि मैले धेरै सफलता पाएको छु।”

सन् २०१९ मा चेल्सीबाट १०० मिलियनको ट्रान्सफर रकममा रियल म्याड्रिड आएका बेल्जियन स्टारले लालिगा च्याम्पियनका लागि सबै प्रतियोगितामा मात्र ६६ खेल खेल्न सफल भएका छन्, जसमा उनले मात्र ६ गोल र ११ असिस्ट प्रदान गरेका छन्।

प्रकाशित : बिहिबार, जेठ १९, २०७९१६:५२

मेस्सीले मच्चाएको तहल्काको रोनाल्डोले देलान् त जवाफ ? कुन च्यानलमा हेर्ने पोर्चुगलको लाइभ खेल ?