काठमाडौँ – कारोबार हुने साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार र बुधबार घटेर बिहिबार बढेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९८ हजार ५ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ९ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९८ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।
आज कायम भएको सुनको मूल्य जेठ महिनाकै उच्च हो। जेठ महिनामा यस अगाडी छापावाला सुन बढीमा ९८ हजार २ सय र तेजाबी सुन ९७ हजार ७ सय रुपैंयाँ सम्ममा कारोबार भएको थियो। महासंघकाले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य जेठ महिनाको मात्र नभई बैशाख २५ गते यताकै महँगो रहेको छ। यस हिसाबले सुन आज झन्डै २५ दिन यताकै महँगो हो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य रु २५ ले बढेर नेपाली बजारमा १ हजार २ सय ९० रुपैंयाँमा कारोबार भइरहेको छ।