मार्टिनेज भन्छन्-“मेस्सी हाम्रो राजा अनि हामी उनको लागि लड्ने अर्जेन्टिनी सिंह”

लियोनल मेस्सी “विश्वका सर्वश्रेष्ठ” हुन् र आफ्नो अर्जेन्टिना टोलीका साथीहरूलाई “उनको लागि लड्ने सिंह” जस्तै रहेको अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले बताएका छन्। पेरिस सेन्ट-जर्मेन (पीएसजी) स्टारले आफ्नो टोलीलाई इटालीलाई ३-० ले पराजित गर्दै फाइनालिसिमाको जित्न कप्तानी भूमिका खेलेपछि एस्टन भिल्ला स्टार मेस्सीको तारिफ गरेर थाकेनन्।

दिग्गज अर्जेन्टिनी फरवार्डले राष्ट्रिय टोलीको जर्सीमा पुन: अर्को उत्कृष्ट प्रदर्शन प्रदान गरे, सम्भवत केही वर्ष यता कै सर्वश्रेष्ठ, जसको मद्दतमा अल्बिसेलेस्टेले वेम्बलीमा हजारौंको भीडको अगाडि अज्जुरीलाई ध्वस्त पार्यो। यस उपाधिपछि यस वर्षको अन्तमा कतार २०२२ विश्वकपको लागि दाबेदारको रूपमा लियोनेल स्कालोनीको टोली रहन सक्छ। यस्तोमा, मेस्सीको उत्कृष्ट ट्रफी क्याबीनेटमा अनुपस्थित रहेको सबैभन्दा ठूलो रत्न जित्नको लागि मार्टिनेजले आफ्ना देशवासीहरूले किन मेस्सीका लागि सबै कुरा गर्नेछन् भनेर वर्णन गरेका छन्।

“एक वर्ष पहिले हामी केहि थिएनौं र आज हामी [विश्वकप] दाबेदार छौं किनभने हामीले उपाधि जित्यौं,” मार्टिनेजलाई TUDN द्वारा उद्धृत गरिएको थियो, “हामी सधैं दाबेदार हुनेछौं किनभने हामीसँग विश्वको उत्कृष्ट (लियोनल मेस्सी) छन्। उनको लागि लड्ने हामी सबै सिंह हौं!”

प्रकाशित : शुक्रबार, जेठ २०, २०७९११:४८

नेयमारलाई पीएसजीबाट लखेट्ने योजना बारे एम्बाप्पेले भने-“झुट”