नेयमारलाई पीएसजीबाट लखेट्ने योजना बारे एम्बाप्पेले भने-“झुट”

पेरिस सेन्ट-जर्मेन (पीएसजी) स्टार किलियन एमबाप्पेले नेयमार र अन्य १३ कर्मचारी तथा खेलाडीले यस गर्मीमा लिग १ च्याम्पियन छोडेको हेर्न चाहेको दाबीलाई खण्डन गरेका छन्।

मुन्डो डिपोर्टिभो (डेली मेल मार्फत) को रिपोर्ट अनुसार २३ वर्षीया फ्रेन्च स्टार पार्क डेस प्रिन्सेसबाट १४ कर्मचारीहरूको सामूहिक पलायनको बारेमा योजना बनाइरहेका छन्। यसमा प्रशिक्षक माउरिसियो पोचेटिनो, नेयमार, माउरो इकार्डी, जुलियन ड्राक्सलर र लिआन्ड्रो पारेडिस जस्ता खेलाडीहरू समावेश छन्।

तर २३ वर्षीय एमबाप्पेले ती दाबीहरूलाई अस्वीकार गरेका छन्, ट्विटरमा स्पोर्टबाइबलले गरेको रिपोर्टलाई जवाफ दिँदै यसो भने: “नक्कली” फ्रान्सेली स्टारले हालै पीएसजीसँग नयाँ सम्झौतामा हस्ताक्षर जसले उनलाई २०२५ सम्म क्लबमा राख्नेछ। यस क्रममा पूर्व मोनाको स्टारले च्याम्पियन्स लिग विजेता रियल म्याड्रिडलाई अस्वीकार गरेका थिए।

उनको नयाँ सम्झौता हप्तामा ६५०,००० पाउण्डको रहेको र यो सम्झौताले एमबाप्पेलाई पर्दा पछाडि थप शक्ति दिइएको पनि बताइएको छ। एम्बाप्पेले क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गरे लगत्तै क्लबले निर्देशक लियोनार्डोलाई वर्खास्त गर्दै उनको स्थानमा लुइस क्याम्पोसलाई नियुक्त गरिसकको छ।

यस्तोमा, एमबाप्पेले यस गर्मीमा धेरै खेलाडी तथा अन्य कर्मचारीले क्लब छोडेको हेर्न चाहेको दाबी गर्ने रिपोर्टहरू अघि, पार्क डेस प्रिन्सेसमा ठूलो ओभरहालको अफवाहहरू थिए। यसमा माउरिसियो पोचेटिनो र नेयमारको भविष्यको बारेमा पनि निकै चर्चा रहेको थियो। यो हेर्न बाँकी छ कि पोचेटिनो र नेयमार भविष्य के हुनेछ तर एमबाप्पेले यस विषयमा आफूले केही हात नरहेको स्पष्ट पारेका छन्।

प्रकाशित : शुक्रबार, जेठ २०, २०७९१३:१७

हालाण्डले सिटीका लागि एक सिजनमै कति गोल गर्लान् ? यस्तो छ ब्रुएनाको अनुमान !