गठवन्धन फुटाउने तरखरमा बाबुराम !

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले भइरहेको गठवन्धनको विकल्प सोच्नु पर्ने अवस्था आएको बताएका छन्। गए राति एक ट्वीट गर्दै भट्टराईले पाँच दल बीच भइरहेको गठबन्धनको विकल्प खोज्नु पर्ने अवस्था आएको बताएका हुन्।

विपरीत विचारको गठबन्धन सधैँ हिलोको किलो झैं हल्लिने भट्टराईले बताएका छन्। यस्ता गठवन्धन केही महत्त्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्रै बन्ने भट्टराईको भनाई छ।

“परित वैचारिक–राजनीतिक धरातलमा उभिएका दलहरूबीच भगत गणितीय आधारमा बन्ने गठबन्धन सधैँ हिलोको किलो झैँ हल्लने र केही महत्त्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ। त्यसले दीर्घकालमा देश र जनताको हित गर्दैन।दीगो लोकतान्त्रिक स्थिरता, सुशासन, समृद्धिका निम्ति गम्भीर ढंगले विकल्प सोचौं !”,भट्टराईले ट्वीटर मार्फत भनेका छन्।

सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा रहेका छन्। स्थानीय चुनावमा जस्तै संघ र प्रदेशको निर्वाचनमा पनि पाँचदलीय गठबन्धनलाई निरन्तरता विषयमा छलफल चलिरहेका बेला भट्टराईको यस्तो भनाई आएको हो। गठवन्धन गरेर स्थानीय चुनावमा गएपनि सोचे जस्तो सफलता हाँसिल हुन नसकेको भन्दै जसपा असन्तुष्ट छ।

प्रकाशित : शुक्रबार, जेठ २०, २०७९१२:२१

“प्रचण्ड पुत्री भन्दा बढी म वफादार र प्रतिबद्ध सिपाही हुँ”