“युवा पुस्तालाई प्राथमिकता दिनुपर्छ, आउने सिजन पक्कै उपाधि जित्छौं”

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोले युवा पुस्ताका खेलाडीहरुलाई प्राथमिकता दिइनुपर्ने बताएका छन्। म्यानचेस्टर युनाइटेडको वेबसाइटसँग कुराकानी गर्नेक्रममा रोनाल्डोले युवा पुस्तालाई प्राथमिकता दिइनुपर्ने बताएका हुन्।

कुराकानीका क्रममा रोनाल्डोले युवा पुस्ता नै क्लबको भविष्य हुने बताए। प्राथमिकता पाएको खण्डमा मात्रै युवा पुस्ता अगाडी बढ्न सक्ने रोनाल्डोको भनाई छ। अनुभवी खेलाडीहरुले युवा खेलाडीहरुलाई सक्दो सहयोग गर्नुपर्ने बताउन पनि रोनाल्डोले छुटाएनन्।

“नयाँ पुस्ता क्लबको लागि नयाँ भविष्य हुनेछ। म युवा पुस्तालाई अवसर दिनुपर्छ भन्ने पक्षमा छु। किनभने उनीहरू भविष्य हुनेछन्। हामी अनुभवी खेलाडीहरुले युवा खेलाडीहरुलाई सक्दो सहयोग गर्नुपर्छ। विश्वको कठिन लिग प्रिमियर लिगमा खेल्न सहज छैन। युवा खेलाडीहरुलाई सक्दो प्राथमिकता दिँदै जानुपर्छ।”,रोनाल्डोले भने।

त्यस्तै रोनाल्डोले टेन ह्यागका बारेमा पनि कुराकानी गरे। रोनाल्डोले आयक्समा टेन ह्यागले धेरै राम्रो गरेको बताए। ह्याग अनुभवी प्रशिक्षक भएपनि उनलाई समय दिइनुपर्ने रोनाल्डोको बुझाई छ। ह्यागको आगमनले युनाइटेड थप बलियो हुने र उपाधिहरु जित्ने रोनाल्डो विश्वास गर्छन्।

उनी भन्छन्,”म यहाँ धेरै सन्तुष्ट छु। मलाई थाहा छ (टेन ह्याग)ले आयक्समा कस्तो काम गरे। आशा छ उनले यहाँ पनि राम्रो गर्छन्। तर उनलाई समय दिइनु पर्छ। मलाई आशा छ कि हामी सफल हुनेछौं। म उनलाई शुभकामना दिन्छु। हामी खुसी र उत्साहित छौं। अर्को वर्ष हामीले ट्रफी जित्ने छौं भन्ने विश्वास गरौं।”

प्रकाशित : शुक्रबार, जेठ २०, २०७९१६:४२

इटालियन दिग्गज-“९० मिनेटमा त जो पनि हार्न सक्छ नि, इटाली विश्वकपमा हुनुपर्थ्यो, नियम नै भएन”