इटालियन दिग्गज-“९० मिनेटमा त जो पनि हार्न सक्छ नि, इटाली विश्वकपमा हुनुपर्थ्यो, नियम नै भएन”

इटालीका पूर्व फुटबलर रोबर्टो बाजियोले इटालीले यस वर्ष कतारमा हुने विश्वकपको छनोट प्रतियोगिताबाट बाहिरिएपछि फिफाले विश्वकप छनोट नियम परिवर्तन गर्नुपर्ने विश्वास व्यक्त गरेका छन्।

इटालीको ‘ला फाइनालिसिमा’ मा अर्जेन्टिनासँग ३-० को पराजयले उत्तरी म्यासेडोनियासँगको प्लेअफमा पराजित हुँदै २०१८ मा जस्तै विश्वकपबाट वञ्चित हुनु परेको घाउमा नुन खुर्सानी थप्ने काम मात्र गरेको छ। “सबैभन्दा ठूलो लाजमर्दो कुरा यो हो कि इटाली युरोपियन च्याम्पियनसिप जितेर सीधै कतारमा नपुग्नु हो,” बाजियोले भने।

“हामीले नियमहरू परिवर्तन गर्नुपर्छ। यो निन्दनीय छ, यो कुरा मलाई पचेको छैन। यो टोलीले इनाम पाएका छन् कि छैन? यदि म तिनीहरूको ठाउँमा भएको भए मलाई कस्तो प्रतिक्रिया हुने थियो मलाई थाहा छैन। यो स्वीकार गर्नु सबैभन्दा नराम्रो कुरा हो, किनकि ९० मिनेटको म्याचमा जे पनि हुन सक्छ, एउटा कुरा गलत हुन्छ र तपाईं घरमै बस्नुहुन्छ?”

एक वर्षभन्दा कम समयअघि युरो २०२० फाइनलमा पेनाल्टीमा इङ्ल्यान्डलाई हराएर उच्च स्थान हासिल गरेको इटालियन टोली सोही मैदानमा बुधबार राति अर्जेन्टिनाविरुद्धको खराब प्रदर्शनले टोली कहाँ छ भन्ने देखाएको छ। पूर्व इटालियन स्टारले प्रशिक्षक रोबर्टो म्यानसिनीको समर्थन गरे तर इटाली विश्वकपका लागि छनोट हुन नसकेपछि मानसिक रूपमा पीडित भएको स्वीकार गरेका छन्।

“टोलीमा उत्कृष्ट प्रतिभा छ, तर अज्जुरीले विश्वकपबाट बाहिरिएपछि धेरै पीडा भोगेको छ, मनोवैज्ञानिक प्रतिक्रिया नाराम्रो थियो,” बाजियोले थपे।

प्रकाशित : शुक्रबार, जेठ २०, २०७९१६:४९

चौआमेनीलाई रियलले उछिट्याउने भएपछि लिभरपुललाई झड्का, ‘प्लान बि’मा यी खेलाडी !